पाेखरा।पाेखरामा फेरि १२ जना काेराेना संक्रमित थपिएका छन्। पाेखरामा अाईतबार दिउँसो सम्म २२ जना काेराेना संक्रमित थपिएको स्वास्थ निर्देशनालय गण्डकीले जनाएकाे छ।पाेखरा १५,५,१४,१६ र ७ नम्बर वडामा नयाँ संक्रमित थपिएका हुन्।
थपिनेमा पाेखरा ५ का ३ जना पुरुष र ५ जना महिला रहेका छन् भने १५ नम्बर वडाका एक एक जना महिला र पुरुष रहेका छन् ।त्यसैगरी पाेखरा १४,१६र र ७ का एक एक जना पुरुषमा समेत काेराेना संक्रमण पुष्टि भएकाे छ।
यस अघि बिहान मात्रै पाेखरामा १० जना संक्रमित थपिएका थिए।
स्याङ्जा पुतलीबजारका २ जना महिलामा समेत काेराेना पाेजेटिभ देखिएकाे स्वास्थ निर्देशनालय गण्डकीले जनाएको छ।
यस संगै गण्डकी प्रदेशमा काेराेना संक्रमितकाे संख्या १७३५ पुगेको छ।