Home ब्रेकिङ्ग न्युज वामदेवलाई राष्ट्रिय सभामा पठाउने नेकपाकाे निर्णय

वामदेवलाई राष्ट्रिय सभामा पठाउने नेकपाकाे निर्णय

0
384

काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी नेकपाले पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गर्ने भएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार केहीबेर अघि सम्पन्न सचिवालय बैठकमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टीको निर्णयअनुसार उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गर्ने जानकारी गराउनुभएको हाे

कार्यदलको प्रतिवेदनमाथि बैठकमा छलफल भइ ठोस कार्ययोजना बनाइ सचिवालय र स्थायी कमिटीमा प्रस्ताव प्रस्तुत गरिने निर्णय पनि भएको उहाँले जानकारी दिनुभयो ।