कास्की । नेपाली काँग्रेसको शुभेच्छुक संस्था समन्वय विभागको केन्द्रीय सदस्यमा कास्कीबाट कास्की कांग्रेसका नेता दिपक वीर कुँवर मनोनीत भएका छन्।
दिपक वीर कुँवर २०४६ सालको प्रजातान्त्रिक आन्दोलनमा जेल जीवन समेत बिताएका थिए भने २०४६ साल अघिबाट नैकांग्रेसको राजनीतिमा सक्रिय रहेका थिए। स्थानीय तहमा विभिन्न लोकतान्त्रिक आन्दोलन र मोर्चाको नेतृत्व गरेका कुँवर नेपाल तरुण दल कास्कीका संस्थापक सदस्य हुन्।
नेपाली कांग्रेस पोखरा ६ का सभापति हुंदै कास्की ३ का क्षेत्रीय सदस्य समेत भएका कुंवर अहिले नेपाली कांग्रेसकाक्षेत्रीय प्रतिनिधि हुन्। विभिन्न सामाजिक संस्थाको समेत नेतृत्व गरेका कुँवर स्थानीय तहमा राम्रो लोकप्रियता कमाएका नेता हुन्।