काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहमा पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुलाई उच्च मनोबलका साथ जनताको सेवामा समर्पित हुन आह्वान गरेका छन् । पार्टीको स्थानीय तह समन्वय विभागले मंगलबार आयोजना गरेको ‘सुदूरपश्चिम प्रदेश स्तरीय बैठक (भर्चुअल) लाई
सम्बोधन गर्दै सभापति देउवाले जनप्रतिनिधिहरुलाई उच्च मनोबलका साथ जनताको सेवामा समर्पित हुन आह्वान गरेका हुन् । “स्थानीय तहले केन्द्र र प्रदेश सरकारबाट आवश्यकतानुसार स्रोत, साधन, बजेट, जनशक्ति समयमा पाउन सकेन । यी सबै काममा नेपाल सरकार
सबै काममा नेपाल सरकार पूर्णरुपले असफल भएको हामीले निष्कर्ष निकालेका छौं,” उनले भने, “यी सबै प्रतिकूलतामा पनि स्थानीय सरकारमा काम गरिरहेका नेपाली कांग्रेसका सबै साथीहरुलाई म उच्च मनोबलका साथ जनताको सेवामा समर्पित रहन आव्हान गर्दछु ।” आफूसँग भएको सिमित स्रोत र साधनले विकास निर्माणलगायत असिमित
आवश्यकता र जनताका आकाक्षा पूरा गर्नुपर्ने चुनौतिपूर्ण अवस्थालाई आफूले बुझेको भन्दै देउवाले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुले अधिकार क्षेत्रभित्रको विषय र आफूले गर्न सक्ने काम ढिलो नगरी पारदर्शी र प्रभावकारी रुपले सेवा प्रवाह गर्नुपर्नेमा जोड दिए ।
“कतिपय कामहरु आफ्नो अधिकार क्षेत्र र क्षमता बाहिरका छन् भने पनि आफूभन्दा माथिको तहसँग समन्वय र सिफारिस गरी जनताको सेवा गर्नुपर्दछ,” उनले भने । स्थानीय तह जनताको सबैभन्दा नजिकको सरकार भएको भन्दै उनले स्थानीय तहमा कार्यरत व्यक्तिहरुले दिनानुदिन जनताका समस्यासँग
साक्षत्कार गर्नुपर्ने बताए । आफूसँग प्रत्यक्ष जोडिएको सरकार भएका कारण जनताले साना–ठूला सबै समस्या स्थानीय तह सामु राख्नु र समस्या समाधानको अपेक्षा राख्नु स्वाभाविक भएको सभापति देउवाको भनाइ थियो । संविधानको निर्माण र कार्यान्वयन कांग्रेसकै
नेतृत्वमा भएको स्मरण गराउँदै उनले जनप्रतिनिधिहरुलाई भने, “तसर्थ यो राजनीतिक प्रणाली नेपाली कांग्रेसको चासोको विषयमात्र नभएर यसलाई सफल बनाउने दायित्व वा जिम्मेवारी पनि नेपाली कांग्रेसले बोक्नु पर्दछ ।” जनता माझ पार्टीको छवि निर्माण गर्ने कार्यमा स्थानीय तहमा निर्वाचित