पाेखरा ८ का १३ सहित पाेखरामा थप १९ जनामा काेराेना संक्रमण

0
622

पाेखरा।पाेखरा-८ का १३ सहित बिहिवार विहान पाेखरामा १९ जना काेराेना संक्रमित थपिएका छन्।

पाेखरामा काेराेना संक्रमितकाे संख्या बढ्दै गएको छ।बिहिवार विहानै थप १९ जनामा काेराेना संक्रमण पुष्टि भएको छ।पाेखराका विभिन्न वडामा संक्रमित थपिने क्रम बढिरहेको छ। आज भेटिएकामध्ये १३ जना पोखरा-८ का छन् । यस्तै, पोखरा १५ मा १ जना, ३२ मा १ जना, २५ मा १ जना ५ मा २ जना र १९ मा १ जनामा पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ ।