नेपाली काँग्रेस रुपागाँउपालिका कास्की द्वारा रुपाकाेटका पहिराे पिडितलाई अार्थिक सहयोग

२५ भाद्र २०७७, बिहीबार

कास्की ।नेपाली काँग्रेस रुपागाँउपालिका कास्कीले कास्कीको रुपागाउपालिका -६ रुपाकाेटका पहिराे पिडितलाई अार्थिक सहयोग गरेकाे छ।

पहिराेबाट ज्यानको गुमाएकी सृजना बिककाे परिवार र पहिराे पिडित माया सुनार र हरिराम बिककाे परिवारलाई नेपाली काग्रेस रुपा गाउँपालिका र काग्रेस वडा ईकाई ६ ले संकलन गरेको रकम बुधबार हस्तान्तरण गरिएको हाे।

मंगलबारकाे पहिराेवाट ज्यान गुमाएकी सृजना विककाे परिवारलाई १७ हजार ४ सय रुपैया र पहिरो पिडित माया सुनारकाे परिवारलाई रु ५ हजार र हरेराम विकको परिवारलाई ५ हजार रुपैयाँ वितरण गरिएको कास्की काग्रेसका जुझारु नेता एवं पुर्व महाधिवेशन प्रतिनिधि ,पाेखरा उपत्यका नगर विकास समितिका पुर्व अध्यक्ष प्रकाश माेहन खनालले पाेखरा पाेष्टलाई जानकारी दिनुभयो ।

कार्यक्रममा बाेल्द‌ै खनालले रुपागाउपालिकाले रुपाका पहिराे पिडितका लागि तुरुन्तै सुरक्षित ठाउँकाे पहिचान गरि बसाेबासकाे व्यवस्था गर्नु पर्नेमा जाेड दिनुभयो ।’सुरक्षीत आवासको लागि जग्ग्ग गाउपालिकाले उपलब्ध गराओस, बिस्त्थापित परिवारलाई घर बनाउने काममा  हाम्रो सहयोग निरन्तर रहनेछ,’ खनालले भन्नुभयाे ।

गाउँ पालिकाले याे घटनाबाट पाठ सिक्नु पर्ने र जाेखिममा रहेका गाउपालिका भित्रका बस्तीलाई तुरुन्तै सुरक्षित ठाउँमा ब्यबस्थापन गर्नु पर्ने उहाँको भनाइ थियाे।

केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका केन्द्रीय सदस्य सरस्वती गुरुङले सुरक्षित ठाउँमा बस्न पाउने नागरिकको हकको सम्मान सरकारले गर्न नसकेको भन्दै पहिराेका कारणले अकालमा ज्यान गुमाउनु दुखद भएको बताउनु भयाे।

 

नेपाली काँग्रेस रुपागाउँपालिकाका अध्यक्ष सुवेदार तुल बहादुर गुरुङकाे अध्यक्षतामा भएको कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य सरिता तिम्सिना पगेनी,कास्की काग्रेसका नेता गीमाया गुरुङ ,खलिल मिया,प्रेस युनियन कास्कीका सुमन गुरुङ ,तरुण दलका नेता शिव अधिकारी लगायत रुपा काग्रेसका स्थानीय नेता तथा कार्यकताहरुकाे सहभागीता रहेको थियाे।

नेपाली काग्रेस रुपा गाउपालिका ६ ईकाई समितिका अध्यक्ष बलराम गुरुङले कार्यक्रम संचालन गरेका थिए।

पिडित परिवारले अाफुहरुलाई गाउँपालिकाले सुरक्षित ठाउँमा घर वनाईदिनु पर्ने माग राखेका थिए।

रुपागाउपालिका-६ रुपाकाेटमा भदौ २३ गते मंगलबारकाे पहिराेले पुरिएर २० बर्षीया सृजना विककाे मृत्यु भएको थियाे ।

 

 

Leave a Reply