देशलाई आज कुलमान शैली चाहिएको छ

७ आश्विन २०७७, बुधबार

 

 

कुलमान घिसिङ ।  यो नाम दिनु मात्र पर्छ, नेपालमा सबैले सम्झन्छन् ती अध्यारा दिनहरु। र सम्झन्छन् अहिलेका उज्याला रातहरु ।अर्थात कुलमान र बिजुली पर्याबाची शब्द जस्तै भए ।धपक्क बलेको त्यो अनुहार न दम्भ न अहंकार शालीन सौम्य र सरल अर्थात् कुलमान घिसिङ ,आफ्नै कर्म लगाव र समर्पणले श्रेष्ठ  बनायो ।उनलाई आज ३ करोड नेपाली जनताको स्पन्दनमा उनको जीवन संगीतको धुन बज्छ।

कुलमान घिसिङ अहिले फेरि चर्चामा छन्। उनको आशु रोदन र भक्कानो चर्चामा आएको छ।त्यो रोदन भित्र  मुलुकको आशा र भरोसा पनि सँगसँगै चर्चामा छ ।

लोडसेडिङ हटाएको, रुग्ण आयोजना निर्माण सम्पन्न गरेको,विद्युत् चुहावट घटाएको,चरम घाटामा रहेको विद्युत प्राधिकरणलाई पुर्ण नाफामा लगी वाहवाही पाएका कुलमानलाई सरकारले पुनर्बहाली गर्नू पर्छ भन्ने विषय चर्चामा आइरहेको सन्दर्भमा यो कुरा जायज छ।

दैनिक १८ घण्टा लोडसेडिङ , ९अर्ब रुपैयाँ घाटामा रहेको प्राधिकरण ,  यस्तै गरि आर्थिक बर्ष २०७२/७३ मा ३४ अर्ब ६१ करोड संचित नोक्सानी  रहेको प्राधिकरण , आर्थिक बर्ष २०७५/७६ मा आउदा ७३ अर्ब ४६ करोड  आम्दानी गरेर मुलुकलाई नै कायपलट गर्ने महान कर्मचारी बन्न सफल भएका घिसिङ लाई  अहिले सम्म पुर्नबहाली नगर्नु सरकारको गैरजिम्मेवारी कार्य हो।

 

श्रीमदभागवत गितामा एउटा वाक्यांश छ ,”योगः कर्मशु कौशलम ” जब काम प्रती गहिरो अभिरुचि हुन्छ ।तब कर्ममा कुशलता प्राप्त हुन्छ।अत: यसका निम्ति कर्ममा एकसाथ मन ,बुद्धि र शरीर (क्रिया ) तिन वटा कुरा समावेश हुनुपर्छ ।त्यसकारण कुलमान यसरी नै आफ्नो कामलाई कुशलतापूर्वक गरे।

 

कुलमान आउनुअघि त्यो कुर्सीमा अरु आए गए । तर तिनीहरूले कुर्सीको  इमान जोगाएनन। बरु आफ्नो दायित्वबाट विमुख भए। एउटा भ्रम को लुकमारीमा भुलाएर मुलुकलाई अध्यारो बनाए । अकूत धन-दौलत थुपारे। त्यही कृत्यको कारण आज उनिहरुको अनुहारको चमक हरायो।चरम ग्लानी र भय पछुतो र अपराधबोध ले कक्रक्क गले।

तर कुलमान घिसिङ ?

 

उनको अनुहार त ओजपुर्ण र दिब्य छ । सर्गवले चौडा छ छाती ।कार्य कौशलले नृत्यवत छन शरीरका अबयबहरु ।

कुनै समयमा देशमा लोडसेडिङको कालो बादल मडारिरहदा आम जनताहरु लाेडसेडिङको तालिका हेरेर भात पकाउनुपर्ने, उज्यालो पर्खेर लेखपढ गर्नुपर्ने, बिजुली बत्ती नहुँदा  का दिन हरु कति उराठलाग्दो ?कति उकुसमुकुस ? कति छटपटी ? र त्यसैले पैदा गरिदिए , चिन्ता ,निराशा,िडप्रेेेशस,पलायन आदि आत्महत्या। कतिका  कार्यतालिका विथोलियो। कतिका उद्योग चैपट पारिदियो । कतिको गाँस

खोसियो।  मुलुकै खुशी उर्जा उमंग र खोसियो  कर्मका हातहरु लुला भए। जागरिला मनहरु सिथिल भए।उर्वर भूमिका मस्तिष्कहरु पलायन भए।

 

यो अँध्यारो साम्राज्यभित्र  अपराधको लुकमारी गर्ने हरु जागा रहिरहे ,जो जेनसेट  देखि सोलार ,इन्भटर लगायत धन्दाहरु सलबलाइरहे।यसमा कर्मचारी ,दलाल, ब्यापारदेखी भ्रस्ट  नेता मन्त्री सम्बन्धित समेत आसपासमा कानेखुसी र अङ्कमाल गरे ।निरास समाज माथि उपरखुट्टी लगाएर उज्यालोको मोल  मोलाई गरे गरिरहे।

बिज्ञहरुको विश्लेषणलाई आत्मसात गर्दै गर्दा र यी सबै इतिहास लाई पल्टाएर हेर्दा नेपाल विद्युत प्राधिकरणका तत्कालीन सञ्चालक  तथा व्यवस्थापकले अनियमित रुपमा सिमित उद्योग हुनेखाने पहुच वालाहरु लाई विद्युतीय  दिएर सर्वसाधारणलाई १८ घण्टासम्म अँध्यारो मा राखे ।त्यति असहज र जटील बनाइदिएकी सर्वसाधारणका लागि उज्यालो एक मृगतृष्ण भइदियो ।

 

कुलमान लाई आज नेपाली जनताले दिएको श्रेय  जायज छ । मेरो पुस्ताले  आज बलभद्र र भक्तिथापा देखेन।  देख्यो त किताबका पानामा मात्र।  बीपी र पुष्पलाल पनि धेरै पहिला नै देहान्त भयो ।कमरेड मदन भण्डारी पनि मेरो पुस्ता जन्मनु भन्दा अगाडि नै बीभत्स  हत्या गरियो। तर आज मेरो पुस्ताले देखेको एक कार्यकालमै देशलाई कायपलट गरेको रियल हिरो हुन् कुलमान ।आज उनको  व्यवहार र चरित्रले  प्रमाण गरिदिएका छन् ।

त्यसकारण सरकार  कुलमान को  पुनर्बहाली गर ।आजको  समयमा कुलमान व्यक्ति होइनन् कि एउटा सोच हुन् ,प्रवृत्ति हुन्  शैली हुन् ।आफ्नो कर्तव्यप्रति इमान्दार उनी कर्तव्यनिष्ठ हुन निष्ठावान को नाता आज कुलमानसंग जोडिएको छ। वास्तवमा आज देशका प्रत्येक सरकारी संस्थामा कुलमानको जस्तै सोच भएका व्यक्ति चाहिएको छ ।आज देशमा सिमेन्ट उद्योग, वीरगञ्ज चिनी कारखाना ,बिराटनगर जुट मिल उद्योग, भृकुटी कागज कारखाना  लगायत देशका गौरव गर्नलायक उद्योगधन्दा डुबेका छन्। देशका अधिकांश  सार्बजानिक संस्थानहरुमा आज असल  इमान्दार कर्तव्यनिष्ठ आफ्नो कार्यप्रति पुर्ण बफादार  रही काम गर्ने  व्यक्ति  अर्थात कुलमान शैलि आज देश लाई चहिएको छ ।

 

लेखक: सफल बराल

राष्ट्रिय मा.बि पोखरा -१ बगरका
कक्षा -१२ परिक्षार्थी

 

 

Leave a Reply