स्याङ्जा । काँग्रेसको किल्ला भनेर चिनिएको स्याङ्जा जिल्लामा पछिल्लो समय कमजोर भएपछि पहिल्यै जस्तै बलियो बनाउन युवालाई नेतृत्व दिनु पर्ने माग उठेको छ। २०७४ सालको चुनावमा स्याङ्जामा एक प्रदेश क्षेत्र मात्रै जितेर अन्य सिट गुमाएको काँग्रेसले युवालाई नेतृत्वमा लगे चलायमान बनाएर किल्ला बनाउन सहज हुने भनाई कांग्रेस कार्यकर्ताहरुको छ ।
नेताहरूले संगठन बलियो बनाउन गाउँ गाउँ पूग्न र कम्युनिष्ट सरकारको गलत कार्यलाई भण्डाफोर गर्न युवाहरुलाई परिचालन गर्न जरुरी रहेको बताउँदै आएको बेलामा आउँदो महाधिवेशनमा स्याङ्जा कांग्रेसको नेतृत्व नै युवालाई दिइनुपर्ने र स्याङ्जा कांग्रेसको नेतृत्वको लागि युवा नेता राजु थापा जत्तिको बलियो र प्रभावकारी अरु कोहि नरहेको कार्यकर्ताहरुले बताउँछन्।
विकाशप्रेमी थापा दोस्रो संविधान सभा चुनावमा स्याङ्जा क्षेत्र नम्बर १ बाट प्रत्यक्षमा निर्वाचित भएका थिए। थापाले स्याङ्जा कांग्रेसको नेतृत्वको लागि केही कुरा सार्बजनिक नगरे पनि युवाहरुले थापा पछि हट्न नहुने भन्दै दबाब दिन थालेको बुझिएको छ। पार्टी सभापति लडेको खण्डमा थापालाई अरुभन्दा बलियो उम्मेदवारका रूपमा हेरिएको छ।