धार्मिक स्थलहरु मंसिर १ देखि खुल्ने

२३ कार्तिक २०७७, आईतवार

पोखरा  । सरकारले  सम्पूर्ण धार्मिक गतिविधि मंसिर १ देखि खुला गर्ने भएको छ । ११ चैतदेखि कोरोना संक्रमणका कारण बन्द गरिएको धार्मिक गतिविधिलाई ८ महिनापछि खुला गर्न लागेको हो ।

 

देशैभरको धार्मिक गतिविधि एकैपटक खुलाउने गरी प्रक्रिया अगाडि बढाइएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता कमलप्रसाद भट्टराईले बताए ।

 

पर्यटन मन्त्रालयले मन्त्रिपरिषद्मा पर्यटन र धार्मिक दुवै क्षेत्रका गतिविधि खुलाउन प्रस्ताव पठाइसकेको प्रवक्ता भट्टराईले जानकारी दिए । उक्त प्रस्ताव मन्त्रिपरिषद्ले पास गरेमा १ मंसिरदेखि पशुपतिसहित सम्पूर्ण मन्दिर, चर्च, बौद्ध धर्मावलम्बीका गुम्बा, मस्जिदसमेत खुल्नेछन् ।

 

Leave a Reply