पाेखरा ।साझा युवा संगठन गण्डकी प्रदेशले प्रदेश सचिव र विभिन्न विभागहरूसहित सचिवालय निर्माण गरेको छ। प्रदेश समिति सचिवमा पुर्ण वाग्ले ‘ईतिहास’ रहेका छन् भने अभियान विभाग प्रमुखमा सुमन भट्टराई, संगठन विभाग प्रमुखमा मनिषा मगर, आर्थिक विभाग प्रमुखमा राजन भुषाल, प्रचार प्रसार विभाग प्रमुखमा प्रतिक सुनार र कार्यलय व्यवस्थापन विभाग प्रमुखमा आशिष बास्तोला रहेका छन्। यसै गरी सचिवालय सदस्यहरूमा यशोदा शर्मा, शरद अर्याल, आशिष श्रेस्ठ र चक्र थापा रहेका छन्।
साझा युवा संगठनले विभिन्न पृष्ठभूमिका युवाहरूलाई समेट्दै संगठनलाई प्रदेशका हरेक स्थानीय निकाय र वडा तहसम्म पुर्याउने एवम् वैकल्पिक राजनीतिलाई थप सशक्त बनाउने लक्ष्य लिएको साझा युवा संगठन गण्डकी प्रदेश समितिका संयाेजक राजन पन्थीले जानकारी दिए।