नेविसंघले निकाल्यो सरकार विरुद्ध पाेखरामा सिठ्ठी जुलुस

0
878

पाेखरा।नेपाल विद्यार्थी संघ कास्कीले सरकार विरुद्ध पाेखरामा सिठ्ठी जुलुस निकालेको छ।नेपाल विद्यार्थी संघ कास्कीका निवर्तमान सभापति विकास थापाकाे नेतृत्वमा नेपाली काँग्रेसकाे पाटि कार्यलयबाट महेन्द्रपुल हुदै विपि चाेक चिप्लेढुङ्गा सम्म जुलुस निकालेकाे हाे।

भाेलि मंसिर २९ गते हुन लागेको सरकार विरुद्धको बिराेध प्रदर्शन सफल वनाउन पुर्व सन्ध्यामा नेविसंघ कास्कीले सिठ्ठी जुलुस निकालेकाे नेविसंघ कास्कीका नेता विपिन पाैडेलले पाेखरा पाेष्टलाई जानकारी दिए।

भाेलि मंसिर २९ गते काँग्रेसले सरकार विरुद्ध देशैभर विराेध प्रदर्शन गर्दैछ।

कार्यक्रमलाई सम्बाेधन गर्दै नेपाली काग्रेस कास्कीका सभापति कृष्ण केसीले सरकार भ्रष्टाचारमा लिप्त भएको ,हत्या ,हिंसा ,बलत्कार बढ्दै गएकाे भन्दै सरकारलाई सडकबाटै तह लगाउने दाबि गरे।

सभापति केसीले वर्तमान कम्युनिस्ट सरकारकाे सर्वसत्तावाद र अधिनायकवादी शैलीका विरुद्ध अावाज उठाउनका लागि भाेलि हुने विराेधसभामा सहभागीता जनाउन अाग्रह गरे।

 

कार्यक्रममा नेविसंघका पुर्व केन्द्रीय सदस्य सराेज केसी ,नेविसंघ पृथ्वीनारायण क्याम्पसका सभापति दिपक वाग्ले,नेविसंघ पाेखरा विश्व विद्यालयका सभापति सिराेज सुवेदी लगायतले बाेलेका थिए।

कार्यक्रमकाे संचालन नेविसंघका नेता विक्रम अादित्य सिंहले गरेका थिए।