कास्की ।प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारकाे दमन र सर्वसत्तावादकाे विराेधमा विशाल प्रदर्शन गरेको छ।
प्रदर्शनमा कास्की काँग्रेस नेता कार्यकर्ताकाे उल्लेख्य सहभागीता रहेको थियाे।उनिहरुले भ्रष्ट अाेलि सरकार राजिनामा दे जस्ता नारा लगाएका थिए।
पोखराकाे विपि चाेकबाट शुरु भएको विराेध प्रदर्शन महेन्द्रपुल,नयाबजार हुँदै पृथ्वीचाेकमा पुगेर विराेधसभामा परिणत भएको थियाे।
नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसीकाे अध्यक्षतामा भएको बिराेधसभालाई नेपाली काँग्रेसका नेता अर्जुन नर सिंह केसी,पुर्व सभामुख तारानाथ रानाभाट ,नेपाली काँग्रेस कास्कीका पुर्व सभापति तथा पुर्व मन्त्री यज्ञ बहादुर थापा ,नेता महादेव गुरुङ,नेपाली काँग्रेस कास्कीका उप-सभापति अाईबहादुर गुरुङ ,सचिव सुदिप माेहन भट्टराई ,काेषाध्यक्ष लक्ष्मी पाण्डे ,नेपाल महिला संघ पाेखराका नगर सभापति माया बराल,अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुवँर लगायतले सम्बाेधन गरेका थिए।
कम्युनिस्ट सरकारकाे सर्वसत्तावाद र अधिनायकवादी शैलीका विरुद्ध काँग्रेसले देशको ७७ वटाै जिल्लामा विराेध प्रदर्शन गरेको हाे।