पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा नारायण कोइराला बिजयी

२६ पुष २०७७, आईतवार
पोखरा।  पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा नारायण कोइराला बिजयी भएका छन् । कोईराला प्रतिष्पर्धी विन्दु कोइराला सुवेदीलाई ४ सय १० मतले पराजित गर्दै अध्यक्षमा बिजयी भएका हुन् ।
कुल २ हजार ३ सय ६५ कुल मत खसेकोमा बिजयी कोइरालाले १ हजार ३ सय ७५ मत प्राप्त गरे । उनका प्रतिपष्पर्धी विन्दु कोइराला सुवेदीले ९ सय ६५ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।

यसैगरी उपाध्यक्षमा वाणिज्यतर्फ महासचिव अर्जुन पाेखरेल विजयी भए । उनले १२४४ मत प्राप्त गरे । उनका प्रतिद्वन्दि साेवित पाैडेलले १०९६ मत प्राप्त गरे ।

उपाध्यक्ष उद्याेगतर्फ गाेकर्ण कार्कि विजयी भएका छन् । उनले १३२७ मत प्राप्त गरे । उनकाे प्रतिद्वन्दि चिनु कुमारी गुरूङले १०१४ मत प्राप्त गरिन ।

महासचिवमा सुरेन्द्रमान बिजुक्छे १५१४ मत ल्याएर विजयी भएका छन् । प्रतिद्वन्दि धनिराम बरालले ८२८ मत प्राप्त गरे ।

उपमहासचिव केशवबहादुर खत्रि १३२३ मत ल्याएर विजयी भए । प्रतिद्वन्दि धर्मराज बर्ताेलाले १०१३ मत प्राप्त गरे ।

काेषाध्यक्षमा बलराम आचार्य १२६५ मतले विजयी भएका छन् । उनका प्रतिद्वन्दि तारानाथ ढुंगानाले १०७० मत प्राप्त गरे ।

Leave a Reply