बागलुङ । कोरोना संक्रमणबाट बागलुङमा थप एक जनाको मृत्यु भएको छ ।
धौलागिरि अस्प्तालमा उपचार गराईरहेका जैमिनी नगरपालिका—७ का ३७ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको धौलागिरि अस्पतालका सूचना अधिकारी तिर्थराज गौतमले बताए ।
गत पुस २१ गते उनी अस्पताल भर्ना भएका थिए ।
अस्पताल भर्ना भएपछि कोरोना परिक्षण गर्दा २३ गते उनको रिपोर्ट कोरोना पोजेटिभ आएको थियो ।
अवस्था गम्भीर भएपछि उनलाई सोमबार आईसियु कक्षामा सारिएको थियो ।
मंगलबार बिहान ७ः३० बजे नै उनको मृत्यु भएको गौतमले बताए ।
अस्पताल भर्ना हुँदा नै उनको शरिरमा अक्सिजनको मात्र कम रहेको बताईएको छ ।