धनगढी । नेपाल प्रजातान्त्रिक महासंघ सूचना , प्रविधि तथा प्रचार बिभागको कैलाली शाखाका पदाधिकारीहरुको आइतबार बधाई , शुभकामना सहित पदस्थापन गरिएको छ ।
बधाई , शुभकामना तथा पदस्थापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाली काँग्रेसका नेता तथा सुदुर पश्चिम प्रदेशका सभासद डिल्लीराज पन्तले भन्नू भयो “पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुको पहलमा गरिएका बिकास निर्माणका योजनाहरुको यथोचित प्रचार र पार्टीलाई एकढिको बनाउन यो प्रजातान्त्रिक महासंघ र सुचना तथा प्रचार बिभागको भुमिका महत्वपूर्ण र सार्थक हुनेछ ।” सभासद पन्तले भने -पार्टी , नेता र जनप्रतिनिधिहरुको ध्यानाकर्षण र जनपक्षीय योजना निर्माण लगायत र पार्टीलाई एकताबद्ध पार्न यो बिभागको सक्रियता बढोस् र बिभागका कैलालीमा मनोनीत पदाधिकारीको टीम सफल बन्ने शुभकामना रहेको बताउनु भयो ।
कार्यक्रममा बिशिस्ट अतिथि धनगढी उपमहानगर पालिकाकी उपमेयर तथा नेपाली काँग्रेस कि नेतृ शुशिला मिश्र भटकीले भन्नू भयो ” लोकतन्त्र र लोकतान्त्रिक संस्कारलाई जीवन्त राख्दै संगठन सुदृढीकरण गर्न कैलालीको प्रजातान्त्रिक महासंघको सुचना तथा प्रचार बिभाग सफल रहोस् ।
त्यस्तै कार्यक्रमकि बिशिस्ट अतिथी नेपाल प्रजातान्त्रिक महासंघ कैलालीकि अध्यक्ष तुलसी सापकोटाले नेपाली काँग्रेसलाई हरेक तहका निर्वाचनहरुमा बिजय गराउन संगठन निर्माण र भुमिका निर्वाह गर्न महासंघ हरदम सक्रियताका साथ लाग्ने बताउनु भयो । पार्टीलाई एकताबद्ध पार्दै संगठन सुदृढीकरणमा महासंघ र कैलालीमा गठन गरिएको सुचना तथा प्रचार बिभाग सफल बन्न सक्नेमा आफू विश्वस्त रहेको कार्यक्रमका अतिथि नेपाल प्रेस युनियनका नेता तथा वरिष्ठ पत्रकार मनमोहन स्वारले बताउनु भयो ।
लोकतान्त्रिक आचरणको पालना गर्दै संगठनको गरिमालाई उच्च राख्दै पार्टी र सुभेच्छुक संघ संगठनहरु संग समन्वयात्मक भुमिका सहित बिभागले कैलालीमा सफलता पाओस भन्ने शुभकामना नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य जगत साँउदले राख्नु भयो ।
नेपाल प्रजातान्त्रिक महासंघ सूचना , प्रविधि तथा प्रचार बिभाग सुदुर पश्चिम प्रदेश संयोजक दीपेन्द्र बस्नेतको अध्यक्षतामा कार्यक्रमको आयोजना गरिएको थियो । महासंघको संक्षिप्त परिचय बिभागका प्रदेश संयोजक बस्नेतले राखेको कार्यक्रमको संचालन शेरबहादुर ऐरले गरेका थिए ।