नेपाली काँग्रेस वडा कार्य समिति पाेखरा -३ ले गर्याे संसद विघटन विरुद्ध विराेध प्रदर्शन

0
937

 

पाेखरा।के.पी अाेली नेतृत्वको कम्युनिस्ट सरकारले गरेको संसद विघटन विरुद्ध नेपाली काँग्रेस वडा कार्य समिति पाेखरा -३ ले  अाज विराेध प्रदर्शन तथा विराेधसभा सम्पन्न गरेको छ

नेपाली काँग्रेस केन्द्रीय समितिकाे निर्देशन अनुसार अाज देशभरका ६ हजार ७ सय ४३ वडामा विरोध प्रदर्शन तथा विराेधसभा सम्पन्न भएका हुन्।

केपी अाेली नेतृत्वको कम्युनिस्ट सरकारकाे पालामा भएका संसद विघटनदेखि देखि भ्रष्टाचार जस्ता गलत कदम सच्याउन खबरदारी गर्दै कालाे झण्डा सहित विराेध प्रदर्शन गरिएको   नेपाली काँग्रेस कास्की क्षेत्र नम्बर ३ का क्षेत्रीय सदस्य मधुसूदन पाैडेलले जानकारी दिए।

पाेखराकाे गणेशमान सिंह चाेक बाट शुरु भएको विराेध प्रदर्शन तेर्सापट्टि ,पालिखेचाेक ,नदिपुर हुदै गिरिजा चाेकमा पुगेर विराेधसभामा परिणत भएको थियाे ।

विराेध सभालाई सम्वाेधन गर्दै संविधानसभा सदस्य कृण्ण कुमारी परियारले कम्युनिस्ट पाटी भित्रकाे अान्तरिक बिबादका कारण संसद विघटन गरेर अाेलीले अलाेकतान्त्रिक चरित्र देखाएको वताईन।

नेपाली काँग्रेस कास्कीका जिल्ला सदस्य उमेश पराजुलीले कम्युनिस्ट नेतृत्वको सरकारले नीतिगत तथा अार्थिक भ्रष्टाचार गर्दै भ्रष्टाचारीलाइ संरक्षण गरेको अाराेप लगाए।लाेकतान्त्रिक संविधानकाे रक्षा काँग्रेसकाे पहिलो कर्तब्य भएको उल्लेख गर्दै पराजुलीले संविधानकाे संरक्षणकाे लागि काँग्रेस जस्तोसुकै संघर्ष गर्न तयार रहेको बताए ।

पाेखरा-३ का वडाअध्यक्ष रविन्द्र वहादुर प्रजुले प्रधानमन्त्री अाेलीले संसदबाट विश्वासको मत लिने प्रक्रिया नै नचाली संसद विघटन गरेपछि नेपाली काँग्रेस सडक संघर्षमा उत्रन वाध्य भएको बताए ।उनले पाेखरा महानगरले काँग्रेसवाट निर्वाचित जनप्रतिनिधि भएको वडामा गर्ने व्यवहार सन्ताेषजनक नभएको गुनासो गरे।

सामाजिक लाेकतन्त्र अध्ययन केन्द्र गण्डकीका अध्यक्ष प्रा.डा . वेदनाथ शर्माले प्रधानमन्त्री अाेलीकाे कदम असंवैधानिक भएको उल्लेख गर्दै संविधान र लाेकतन्त्रकाे रक्षाका लागि सवै जनता एकजुट भएर लाग्नु पर्ने वताए ।

नेपाली काँग्रेस वडा कार्य समिति पाेखरा -३ का सभापति दिलिप गिरीकाे अध्यक्षतामा भएको कार्यक्रमकाे संचालन सचिव सरिता तिम्सिना पगेनी र स्वागत सदस्य महाबिर थापाले गरेका थिए ।