गण्डकी प्रदेशका सांसद विन्दुकुमार थापाले गरे सबै तलबभत्ता सामाजिक कार्यमा खर्च

0
380

 

पाेखरा। गण्डकी प्रदेशका सांसद विन्दुकुमार थापाले प्रदेशसभा सदस्यकाे हैसियतले नेपाल सरकार बाट प्राप्त हुने तलवभत्ता र सेवा सुबिधा विकास निर्माण र सामाजिक कार्यमा खर्च गरेका छन्।

उनले बुधबार पाेखरामा पत्रकार सम्मेलन गरी २०७६ माघ १ गते देखि २०७७ पुस मसान्तसम्म सामाजिक र विकास निर्माण कार्यमा रु १२ लाख ४७ हजार खर्च गरेको जानकारी दिए।

सांसद थापाले ८ लाख ५९ हजार ८६८ रुपैयाँ प्रदेशसभा सदस्यकाे हैसियतमा प्राप्त गरेकोमा अाफैले ३ लाख ८७ हजार १७२ रुपैयाँ थप गरेर खर्च गरेको पत्रकार सम्मेलनमा जानकारी दिए।

सांसद थापाले सबैभन्दा धेरै रकम कोरोनाबाट प्रभावित ज्यालादारी मजदूर, अपांग तथा एकल महिलाका लागि खर्च गरेका छन् । उनले कोरोना महामारीका बीचमा पोखरास्थित विभिन्न स्थानका ३३० घर परिवारलाई राहत वितरण गरेका थिए । यसका लागि उनले चार लाख ९४ हजार ३४० रुपैयाँ खर्च गरेको जनाएका छन् ।

यसैगरी रोटरी क्लब अफ पोखरा न्यूरोडमार्फत सेनेटरी प्याड भेन्टिङ मेशिन खरिदका लागि  एक लाख ५० हजार सहयोग गरिएको हो । सांसद थापाका अनुसार पोखराको वडा नं. ४, ८ र ९ को वडा कार्यालयमा अटोमेटिक सडक वत्ति जडानका लागि एक लाख ३५ हजार, पोखरा ८ स्थित हातेमालो नागढुंगा आमा समूहमार्फत लोकबाजा तालिम तथा वाद्य सामग्रीका लागि एक लाख ११ हजार ८०० रुपैयाँ सहयोग गरिएको छ ।

यस्तै पोखरा १७ स्थित सिद्धबराह युवा क्लबको खेलकूद सामग्रीका लागि १० हजार, पोखरा २४ को ढिकुरपोखरीमा महायज्ञका लागि १५ हजार, पोखरा १६ स्थित खेलकूद मैदान तथा बहुउद्देश्यीय भवनका लागि २५ हजार ५००, पोखरा ३३ स्थित कालिका माविका विद्यार्थीलाई शैक्षिक सामग्री तथा खानेपानी मोटरका लागि ६० हजार २००, पोखरा ९ स्थित सहारा टोल विकास संस्थाको भवन निर्माणका लागि ३६ हजार रुपैयाँ सहयोग गरिएको सांसद थापाले जानकारी दिए ।

यसैगरी पोखरा ९ कै चण्डिका आमा समूहको भवन निर्माणका लागि २५ हजार, पोखरा २७ कुमाल गाउँस्थित कल्याण आधारभूत विद्यालयमा विद्यार्थीको पोशाकका लागि ३० हजार, कवि शिरोमणि लेखनाथ आधारभूत विद्यालयमा अध्ययनरत लागि २५ हजार, कास्कीकोटको कालिका माविमा अध्ययनरत विद्यार्थीको पोशाकका लागि ११ हजार २०० रुपैयाँ सहयोग गरिएको सांसद थापाले बताए ।

थापाका अनुसार पोखरा २६ खरानीफाँटका बाढी पीडितका लागि राहत वितरणमा १७ हजार, पोखरा १६ छहरेपानीका पहिरो पीडित कृष्णप्रसाद आचार्यको घर मर्मतका लागि १० हजार, पोखरा १ स्थित संस्कृत माविको मन्दिर  निर्माणका लागि २५ हजार, कास्की जिल्ला बार एशोसिएशनको भवन निर्माणका लागि १५ हजार रुपैयाँ सहयोग गरिएको छ ।
यसैगरी बाग्लुङ ढोरपाटनका वाढी पीडितका लागि १० हजार, पोखरा ३ स्थित सूर्योदय युवा क्लबको प्राकृतिक उद्यानपार्क वाचनालय निर्माणका लागि २० हजार, सिद्धबराह चण्डी र भैरव युवा क्लबको खेलकूद सामग्रीका लागि २१ हजार रुपैयाँ सहयोग गरिएको थापाले बताए ।