कास्की ।नेपाली कांग्रेसका १३ वटै भातृ संगठनले साेमबार ७७ जिल्लामा एकसाथ विराेध प्रदर्शन गरेका छन्।प्रधानमन्त्री केपी शर्मा अाेलीकाे प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलाेकतान्त्रिक कदमविरुद्व कांग्रेसका भातृ संगठनले विराेध प्रदर्शन गरेका हुन्।
प्रदर्शन गर्नेमा नेपाली कांग्रेसका भातृ संगठनहरु नेपाल महिला संघ,नेपाल तरुण दल,नेपाल विद्यार्थी संघ,नेपाल प्रजातान्त्र सेनानी संघ,नेपाल किसान संघ,नेपाल दलित संघ,नेपाल भुतपुर्व सैनिक संघ,नेपाल अादिवासी जनजाति संघ,राष्ट्रिय लाेकतान्त्रिक अपांग संघ,नेपाल मुस्लिम संघ,नेपाल राष्ट्रिय मगर संघ र नेपाल ठाकुर समाज रहेका छन्।
प्रधानमन्त्री अाेलीकाे प्रतिगमन विरुद्ध कास्कीका भातृ संगठनले पनि विराेध प्रदर्शन गरे।विराेध सभामा बाेल्ने वक्ताहरुले अाेली सरकारले प्रेस,अदालत हुदै अन्तिममा संसदनै कमजोर भएको अाराेप लगाए।
नेपाली कांग्रेस चुनाव र अदालतकाे निर्णयकाे लागि भन्दा पनि लाेकतन्त्र र प्रजातान्त्रकाे रक्षाका लागि सडकमा उत्रिएको बताए ।
विरोधसभामा कास्की कांग्रेसका नेता शुक्रराज शर्मा ,कास्की कांग्रेस सभापति कृष्ण केसी ,नेपाली कांग्रेसका नेता यज्ञबहादुर थापा,साेभियत बहादुर अधिकारी ,विद्यार्थी नेता विकास थापा,महिला संघका शारदा गीरी लगायतले बाेलेका थिए ।
नेपाल महिला संघ कास्कीका सभापति काेपिला रानाभाटकाे अध्यक्षतामा कार्यक्रम भएको थियाे।