प्रेस युनियनको नेपालगन्जमा हुन लागेको प्रादेशिक स्तरिय प्रशिक्षणको तयारी तिब्र

१२ फाल्गुन २०७७, बुधबार

नेपालगन्ज ।  नेपालगन्जमा हुन लागेको नेपाल प्रेस युनियनको लुम्बिनी र कर्णाली प्रदेश स्तरिय बृहत प्रशिक्षण कार्यक्रमको तयारी तिब्र पारिएको छ । प्रेस युनियन केन्द्रीय समितिको आयोजना र प्रेस युनियन कर्णाली तथा लुम्बिनी प्रदेशको समन्वयमा यही फागुन १५ गते नेपालगन्जमा प्रशिक्षण हुन लागेको हो ।

केन्द्रिय समितिका अनुसार उक्त प्रशिक्षणमा दुबै प्रदेश अन्तर्गतका युनियन जिल्ला अध्यक्ष र सचिव उपस्थित हुनेछन् । प्रशिक्षण कार्यक्रमलाई सफल पार्न नेपाल प्रेस युनियन बाँके शाखाले पनि ब्यवस्थापकीय सहयोग तथा सत्कार गर्ने भएको छ । युनियन बाँकेका अध्यक्ष अर्जुन ओलीको अध्यक्षतामा बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकमा बोल्दै नेपाल प्रेस युनियनका उप–महासचिव प्रेम केसीले प्रशिक्षण कार्यक्रममा लुम्बिनी र कर्णाली प्रदेशमा रहेका युनियनका सबै शाखाका अध्यक्ष र सचिव सहभागी हुने बताउनु भयो । नेपालगन्जमा हुन लागेको प्रशिक्षण कार्यक्रमलाई सभ्य र भब्य रुपले सम्पन्न गर्न कुनै कसर बाँकी नराख्ने उहाँको भनाई छ ।

युनियनका केन्द्रिय सदस्य जयसिंङ केसीले प्रेस युनियनका सदस्यहरुलाई प्रशिक्षणको आवश्यकता रहेको अवस्थामा केन्द्रिय समितिले गरेको सुरुवात एकदमै सकारात्मक भएको बताउनु भयो । यस्ता प्रशिक्षण कार्यक्रम अब जिल्ला–जिल्लामा हुन आवश्यक रहेको उहाँको जोड छ ।

नेपाल पत्रकार महासंघका पुर्वकेन्द्रिय उपाध्यक्ष हेमन्त कर्माचार्यले युनियन केन्द्रिय समितिले राखेको प्रशिक्षण कार्यक्रम समय सान्र्दभिक रहेको बताउनु भयो । यस्ता कार्यक्रमले संगठनलाई प्रत्यक्ष फाईदा पुग्ने उहाँको धारणा छ ।

युनियन बाँकेका अध्यक्ष अर्जुन ओलीले प्रादेशिक स्तरिय प्रशिक्षण कार्यक्रम गर्नका लागि केन्द्रिय समितिले नेपालगन्जलाई छनोट गरेकोप्रति धन्यवाद दिदै कार्यक्रमलाई सफल पार्न युनियन बाँके शाखा पनि होमिने बताउनु भयो । प्रशिक्षणका लागि शाखाले ब्यवस्थापकीय सहयोग तथा सत्कार गर्ने उहाँले बताउनु भयो ।

कार्यक्रममा नेपाल प्रेस युनियनका सल्लाकार तथा वरिष्ठ पत्रकार डा. सुरेश आचार्य, नेपाल पत्रकार महासंघका पुर्वकेन्द्रिय उपाध्यक्ष हेमन्त कर्माचार्य, प्रेस युनियनका पुर्वअध्यक्ष समिरजंग शाहले प्रशिक्षण दिनुहुने बताइएको छ । प्रशिक्षण कार्यक्रमका लागि युनियनका केन्द्रिय अध्यक्ष बद्री सिग्देल र महासचिव अजयबाबु सिवाकोटी लगायत नेपालगन्ज आउनु हुनेछ ।

उक्त बैठकमा नेपाल पत्रकार महासंघ बाँकेको आसन्न निर्वाचनका सन्र्दभमा चाडै बैठक राखेर युनियनका सदस्यको उपस्थितीमा निरन्तर छलफल अगाडी बढाउने निर्णय पनि भएको सचिव विजय मल्लले जानकारी दिनु भयो ।

Leave a Reply