रुपाकोट रिसोर्टद्धारा श्रमिक निकाला, पुनवर्हालीको माग गर्दै ट्रेड युनियन कांग्रेसद्धारा प्रजिअलाई ज्ञापन पत्र पेश

१२ फाल्गुन २०७७, बुधबार

कमल पौडेल अथक

पोखरा ।  पोखराको रुपाकोट रिसोर्टले एक श्रमिक निश्काशन गरेको कुराले अहिले पोखरा तातेको छ । कोरोनाको समयमा काम गरिरहेका एक श्रमिकलाई रिसोर्टले विना कारण निकाला गरेपछि मजदुर अगुवाहरुले पोखरा तताएका हुन् । उनीहरु श्रमिकको हक स्थापित गर्न माग गर्दै श्रम कार्यालय देखि प्रशासनसम्म पुगेका छन् ।
नेपाल ट्रेड युनियन कांग्रेस कास्कीले कास्कीको रुपाकोट रिसोर्टमा कार्यरत श्रमिक हरिवहादुर थापाको वहालीको माग गर्दै बुधवार कास्कीका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र वुझाएको छ ।
युनियन कास्कीका अध्यक्ष विजयराज भण्डारीको अगुवाइमा पूर्व केन्द्रीय वरिष्ट उपाध्यक्ष रामजी कुँवर, युनियन अगुवाहरु कमल सापकोटा, रुद्ध तिमिल्सिना लगायतको टोलीले सो ज्ञापन पत्र वुझाएको हो ।
ज्ञापन पत्र वुझ्दै कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले आवस्यक छलफल गरी समस्याको समाधान खोजिने आश्वासन दिएका छन् । उनले अप्ठेरो अवस्थामा श्रमिकको रोजीरोटी खोसिनु गलत भएको वताउँदै सो वारे थप जानकारी लिने वताए ।
सो अवसरमा वोल्दै नेपाल ट्रेड युनियन कांग्रेसका पूर्व केन्द्रीय वरिष्ठ उपाध्यक्ष रामजी कुँवरले कोरोनाको समयमा निर्दोष कर्मचारीलाई होटलले निकाल्नु दुःखद भएको वताउँदै तत्काल पुर्नवहाली गर्न रिसोर्ट व्यवस्थापन सँग माग गरेका छन् ।
ज्ञापन पत्रमा नेपाल ट्रेडयुनियन कांग्रेस राष्ट्रिय समिति, गण्डकी प्रदेश समिति, संयुक्त ट्रेड युनियन समन्वय केन्द्र गण्डकी, श्रम तथा रोजगार कार्यालय गण्डकी प्रदेश, जिल्ला प्रहरी कार्यालय कास्की र स्वयं रुपाकोट रिसोर्ट प्रालिलाई वोधार्थ पठाइएको नेपाल ट्रेड युनियन कांग्रेस कास्कीका अध्यक्ष विजयराज भण्डारीले जानकारी दिएका छन् ।

Leave a Reply