पाेखरा ।नेपाली कांग्रेस पाेखरा -१८ काे अायाेजनामा तीन दिने नेतृत्व विकास तालिम शुक्रबार देखि पाेखरामा सुरु भएको छ।
तालिमको उद्घाटन गर्दे नेपाली कांग्रेसका जिल्ला सभापति कृष्ण केसीले महिलाहरु राज्यका हरेक निकायमा नेतृत्व लिनका लागि सक्षम रहेको बताए ।उनले महिलाका लागि हरेक क्षेत्रमा अवसर नै अवसर भएकाे उल्लेख गर्दे महिलाले अाफ्नाे नेतृत्व क्षमता अभिवृद्धि गर्दै नेतृत्व लिनका लागि तयार रहनु पर्नेमा जाेड दिए।
नेपाली कांग्रेस कास्की क्षेत्र नम्बर ३ का सभापति पाेषनाथ शर्माले शक्तिकाे श्राेत महिला भएको उल्लेख गर्दै समाज रुपान्तरणमा महिलाको महत्त्वपूर्ण भुमिका रहने वताए । घर देखि समाज हुदै समग्र राष्ट्रलाई सभ्य र समृद्ध वनाउन महिलाको नेतृत्व विकासमा जाेड दिनु पर्ने उनको भनाइ थियाे।
कार्यक्रममा बाेल्दै नेपाली कांग्रेस कास्कीका जिल्ला सदस्य कृष्ण तिमिल्सिनाले कानुनमा महिलाका हक अधिकार उल्लेख भएता पनि व्यवाहारिक रुपमा महिलाले अाफ्ना हक अधिकार लिन नसकेको भन्दै महिला अधिकार प्राप्तिका लागि महिला स्वयं जागरुक बन्नु पर्नेमा जाेड दिए।
त्यसैगरी कास्की कांग्रेसकै जिल्ला सदस्य अाश बहादुर गुरुङले सहभागीलाई तालिममा सिकेको कुरा व्यवहारमा उतार्न अाग्रह गरे।
पाेखरा -१८ का महिलाको नेतृत्व विकास गर्ने उदेश्यले अायाेजित तालिमको प्रमुख प्रशिक्षकमा नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य सरिता तिम्सिना पगेनी रहेकी छन्।
नेपाली कांग्रेस वडा कार्य समिति पाेखरा -१८ का सभापति शिव तिम्सिनाकाे अध्यक्षतामा भएको कार्यक्रममा स्वागत नारायण पहारीले गरेका थिए भने संचालन डिल्लीराम तिमिल्सिनाले गरेका थिए।