भारत बायोटेकको कोरोना भाइरसविरुद्धको खोपलाई पनि नेपालमा आकस्मिक प्रयोगको अनुमति

७ चैत्र २०७७, शनिबार

पाेखरा । भारत बायोटेकले उत्पादन गर्ने कोरोना भाइरसविरुद्धको खोप कोभ्याक्सिनले नेपालमा आकस्मिक प्रयोगका लागि अनुमति पाएको छ ।

आइतबार बसेको औषधी व्यवस्था विभागको बैठकले कोभ्याक्सिन खोपलाई आकस्मिक प्रयोगको अनुमति दिएको प्रवक्ता सन्तोष केसीले जानकारी दिए ।

यसअघि नेपालमा भारतीय कम्पनी सेरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिशिल्ड र चिनियाँ कम्पनीले उत्पादन गरेको सिनोफार्म नामक खोपले मात्र आकस्मिक अनुमति पाएका थिए ।

‘कम्पनीले सबै प्रक्रिया पूरा गरेपछि औषधि सल्लाहकार समितिको सिफारिस र मन्त्रिपरिषदले विगतमा गरेको निर्णयको आधारमा यो खोपलाई अनुमति दिएका हौँ’ उनले भने ।

नेपालमा हालसम्म लगाइएको करिब १७ लाख खोप कोभिशिल्डकै हो ।

 

 

Leave a Reply