नारी प्रतिभा वाङ्मय प्रतिष्ठान कास्कीको अध्यक्षमा छन्दिका

७ चैत्र २०७७, शनिबार

 

पाेखरा । नारी प्रतिभा वाङ्मय प्रतिष्ठान कास्कीको शनिबार पाेखरामा सम्पन्न दाेस्राे वार्षिक साधारणसभा तथा प्रथम अधिबेशनले छन्दिका त्रिपाठीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ।

समितिकाे उपाध्यक्षमा अम्बिका भण्डारी ,सचिवमा लक्ष्मी थापा र काेषाध्यक्षमा चन्द्रावति वाग्ले चयन भएका छन्।त्यसैगरी सदस्यहरुमा रमा प्रासर ,प्रतिभा न्याैपाने,रीता न्याैपाने,लीला पंडित,अाेम कुमारी अाचार्य र अनिषा बराल चयन भए ।

क्रियाशील पत्रकार महिला डब्लु डब्लुजे गण्डकी प्रदेश समितिका अध्यक्ष सरिता तिम्सिना पगेनीकाे संयाेजकत्वमा गठित निर्वाचन समितिले सर्वसम्मत नयाँ कार्य समिति चयन गरेको हाे ।

कार्यक्रममा बाेल्दै पाेखरा प्रज्ञा प्रतिष्ठानका सदस्य कवि सरस्वती श्रेष्ठले पाेखरा साहित्यकाे राजधानी भएको उल्लेख गर्दै अाफुले कला,साहित्य ,संगीत र संस्कृति संरक्षणमा काम गर्ने वताईन्।

क्रियाशील पत्रकार महिला डब्लु डब्लुजे गण्डकी प्रदेश समितिका अध्यक्ष सरिता तिम्सिना पगेनीले नारी प्रतिभाहरुले साहित्य मार्फत समाजमा व्याप्त लैङ्िगक विभेदका विरुद्ध समेत अावाज उठाउनु पर्नेमा जाेड दिईन ।

प्रतिष्ठानका अध्यक्ष छन्दिका त्रिपाठीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिवको प्रतिवेदन संस्थाका सचिव लक्ष्मी थापाले प्रस्तुत गरेकी थिईन।

कार्यक्रममा साहित्यकार रमा खतिवडा ,अम्बिका भण्डारी ,रीता न्याैपाने,रमा प्रासर,प्रतिभा शर्मा,लीला पंडित लगायतले रचना वाचन समेत गरेका थिए।

Leave a Reply