सरिता तिम्सिना पगेनी
पाेखरा।गीताञ्जली साहित्य परिवारले शनिबार पाेखरामा वसन्त पराजुलीकाे कुमाता कथासंग्रहमाथि विमर्श कार्यक्रम सम्पन्न गरेकाे छ।
कार्यक्रममा बाेल्दै पृथ्वीनारायण क्याम्पस नेपाली विभागका प्रमुख प्रा.डा कुसुमाकर न्याैपानेले कुमाता कथासंग्रह नारी समस्यामुलक सामाजिक यथार्थवादी कथासंग्रह भएको बताए ।उनले कथासंग्रहले वर्तमान समाजलाई प्रतिविम्बित गरेको उल्लेख गरे।
सह प्राध्यापक पुन्यप्रसाद शर्माले कुमाता कथासंग्रहमा अाख्यानकारले नेपाली समाजलाई जीवन्त रुपमा उतार्ने प्रयास गरेकाे उल्लेख गर्दै पत्रकार समेत रहेका लेखकले पत्रकारिता गर्ने सवालमा देखेका र भेटेका सामाजिक सवाललाई कथा मार्फत उजागर गरेकाे टिप्पणी गरे।
उप प्रध्यापक गीता पाैडेलले कुमाता कथासंग्रहका कथाहरू सत्यसंग नजिक रहेकाले पनि कथा पढ्दा हृदय छाेएकाे अनुभुति हुने वताईन्।नारी प्रधान विषयवस्तु र नारी मनाेविज्ञानमा अाधारित भएर लेखिएका कथाहरुले नेपाली साहित्यका लागि विद्रोह र नयाँपन दिएको उनको भनाइ थियाे।
कथासंग्रहमाथि उठेका प्रश्नको जवाफ दिदै सर्जक वसन्त पराजुलीले महिलाहरु किन कुमाता वन्न वाध्य छन् त ? भन्ने विषयमा सामाजिक बहस अाबश्यक रहेको वताए ।उनले सामाजिक सवाललाई लेखकीय क्षेत्रबाट उठान गरेकाे भन्दै समाजमा काेहि पनि महिला कुमाता वन्ने परिस्थिति नअाअाेस् भन्ने तर्फ सबै सराेकारवाला सचेत हुनुपर्नेमा समेत जाेड दिए।
गीताञ्जली साहित्य परिवारका अध्यक्ष शिव प्रसाद गाैतमकाे अध्यक्षतामा भएको कार्यक्रममा अग्रज पत्रकार बद्री विनाेद प्रतीक,गंगाधर पराजुली ,क्रियाशील पत्रकार महिला डब्लुडब्लुजे गण्डकी प्रदेश समितिका अध्यक्ष सरिता तिम्सिना पगेनी,साहित्यकार मदन भण्डारी लगायतले शुभकामना मन्तब्य राखेका थिए।
भुँडीपुराण प्रकाशन प्रकाशक रहेको कथासंग्रहमा पत्रकार ,कुमाता,सन्यास,छापामारकाे प्रेम,परिवन्द,अस्मिता ,नियति ,उकुच,दसै,र दाेषी काे ? गरि १० वटा कथा समाबेश छन्।