कोरोना संक्रमणबाट  थप ३३ जनाको मृत्यु

0
263

पाेखरा ।कोरोना संक्रमणबाट  थप ३३ जनाको मृत्यु  भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार २७९ पुगेको छ।

 

पछिल्लो २४ घण्टामा ५ हजार ७२७ जना कोभिड १९ संक्रमित थपिएका छन्। यो सँगै  कूल संक्रमितको संख्या  ३ लाख २३ हजार १८७ पुगेको छ ।

 

मन्त्रालयका अनुसार १५ हजार ९१६ जनाको आरटी–पीसीआर/एन्टिजेन परीक्षण गर्दा ४ हजार ९२८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

 

पछिल्लो २४ घण्टामा ९२८ जना संक्रमणमुक्त भएका छन्।  योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख ८१ हजार ९५ पुगेको छ। देशभर ९ सय २८ जना निको भएर घर फर्किएका छन्। देशभरबाट ९ सय २८ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या २ लाख ८१ हजार ९५ पुगेको छ ।

 

यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या ५५ रहेको छ। पछिल्लो २४ घण्टामा देशभर १५ हजार ९१६ जनाको पीसीआर/एन्टिजेन परीक्षण हुँदा हालसम्म कुल २४ लाख ७३ हजार ८५६ जनाको पीसीआर/एन्टिजेन परीक्षण भएको छ ।