कालो ढुसी संक्रमणबाट कैलालीमा ६५ वर्षीय पुरुषको  मृत्यु

२० जेष्ठ २०७८, बिहीबार

पाेखरा। सेती प्रादेशिक अस्पतालमा कालो ढुसी (म्यूकर माइकोसिस)को संक्रमणबाट  कैलालीको बर्दगोरिया–६ का ६५ वर्षीय पुरुषको मृत्यु भएको छ ।

मिर्गौलासम्बन्धी रोगबाट ग्रसित उनी जेठ १७ गते अस्पताल भर्ना भएकोमा म्यूकर माइकोसिसको आशंकामा स्वाब र बायोप्सीमार्फत परीक्षण गर्दा बुधबार मात्रै उनीमा कालो ढुसीको संक्रमण पुष्टि भएको उपचारमा संलग्न डा शेरबहादुर कमरले जानकारी दिए ।

आईसीयूमा राखेर  उपचार थालिएका उनको  उपचारकै क्रममा बिहीबार बिहान ७ बजे  मृत्यु भएको डा . कमरले जानकारी दिए ।

 

 

Leave a Reply