स्वास्थ्य मन्त्रालयले भन्यो- सबै अस्पतालले बालबालिकाका लागि कम्तिमा २० प्रतिशत शय्या छुट्याउनू

२१ जेष्ठ २०७८, शुक्रबार

 

पाेखरा। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाभाइरस संक्रमणको तेस्रो र चौथो लहर आउन सक्ने भन्दै सबै अस्पतालहरूलाई कम्तिमा २० प्रतिशत शय्या बालबालिकाका लागि छुट्याउन निर्देशन दिएको छ।

शुक्रबार मन्त्रालयले विज्ञप्ति जारी गर्दै संक्रमणको दोस्रो लहरजस्तै तेस्रो, चौथो लहर आउन सक्ने र त्यसबाट बालबालिका बढी संक्रमित हुनसक्ने भन्दै सबै अस्पताललाई शय्या छुट्याउन भनेको हो।

 

दोस्रो लहर पनि नियन्त्रणमै रहेको दाबी मन्त्रालयको छ। तर अब तेस्रो र चौथो लहर आउन सक्ने भएकोले पूर्वतयारी गर्नुपर्ने मन्त्रालयले बताएको हो।

‘पहिलो र दोस्रो लहरले अत्याधिक मात्रामा बृद्धबृद्धा र युवाहरू संक्रमित भएको हुँदा व्यवस्थापन तयारी बृद्धबृद्धा र युवा लक्षित मात्र हुन पुगेको छ। दोस्रो लहर जस्तै तेस्रो, चौथो लहर आउन सक्ने र त्यसबेला बालबालिका बढी संक्रमित हुनसक्ने अवस्थालाई मध्यनजर गर्दै आफ्नो स्वीकृत शय्याको कम्तिमा २० प्रतिशत शैया कोभिड १९ संक्रमित बालबालिकाको उपचारमा प्रयोग हुने गरी तयारी अवस्थामा राख्नु हुन अनुरोध छ,’ मन्त्रालयले निकालेको विज्ञप्तिमा भनिएको छ।

साथै मन्त्रालयले बेलैमा अक्सिजनको व्यवस्थापनसमेत गर्न सबै अस्पतालहरूलाई अपिल गरेको छ।

यसअघि अक्सिजनको चरम अभाव भएकाले धेरैको ज्यान गएको भन्दै मन्त्रायले तेस्रो र चौथो लहरले पुर्‍याउने क्षतिलाई मध्यनजर गर्दै अहिले नै अक्सिजनको व्यवस्थापन गर्न भनेको हो।

Leave a Reply