अक्सिजन प्लान्ट स्थापनाका लागि पोखरा- २३ का वडाध्यक्ष पराजुलीद्वारा १ लाख सहयोग गर्ने घोषणा

२५ जेष्ठ २०७८, मंगलवार

 

पोखरा ।  पोखरा महानगरपालिका वडा नम्बर २३ का वडाध्यक्ष विष्णुप्रसाद पराजुलीले पोखरामा अक्सिजन प्लान्ट स्थापना कार्यको लागि रु. १ लाख सहयोग गर्ने घोषणा गर्नुभएको छ ।

पोखरा- २३ का अध्यक्ष पराजुलीले मानविय सवालमा वडाको तर्फबाट संस्थागत निर्णय गराई सहयोग गरेको जानकारी दिनुभयो । ‘यो एउटा अत्यावश्यक र सकारात्मक पहल हो , वडा अध्यक्ष पराजुलीले भने, ‘म सबै पोखरेली जनसमुदायलाई सक्दो सहयोगका लागि अनुरोध गर्दछु ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अक्सिजन प्लान्ट स्थापना र आईसियू बेड थप्नका लागि पहल गरिएको ‘रु १०० दान गरौं, महामारीमा प्राण राखौं’ आर्थिक संकलन अभियान बतास फाउण्डेसनको पहलमा चलेको छ ।

Leave a Reply