नवनियुक्त मन्त्रीहरूले लिए पद तथा गोपनीयताको सपथ

२७ जेष्ठ २०७८, बिहीबार

 

पाेखरा। आज नियुक्त भएका मन्त्रिपरिषदका  सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपति कार्यालय शीतलनिवासमा ७ जना मन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष र एक जना राज्यमन्त्रीले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

नेकपा एमाले र जसपाका गरी सात मन्त्री र एक राज्यमन्त्रीलाई आज सपथ खुवाइएको हो। आज प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्रीमा एमालेका खगराज अधिकारीलाई नियुक्त गरेका थिए।

यस्तै जसपाका नेता राजकिशोर यादव उद्योग मन्त्री भएका छन्। नैनकला थापा सञ्चार मन्त्री भएकी छन्।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा गणेश पहाडी, वन मन्त्रीमा नारदमुनि राना, कृषि विकास राज्यमन्त्री ज्वाला शाह, आशा विक वन राज्यमन्त्रीले सपथ लिएका हुन्।

 

Leave a Reply