पाेखरा। नेपाली कांग्रेसको चौधौं महाधिवेशन भदौ १६ गतेदेखि १९ गतेसम्म काठमाडौंमा हुने भएको छ। कांग्रेस पदााधिकारीको शनिबार बसेको बैठकले महाधिवेशन भदौ १६ गतेदेखि १९ गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको हो।
यसअघि महाधिवेशनको मिति भदौ ७ देखि १० गतेसम्म तोकिएको थियो । पदाधिकारी बैठकले कार्यतालिका संशोधन गर्दै महाधिवेशनको मिति ९ दिन सार्ने निर्णय गरेको हो।
बैठकले क्रियाशील सदस्यता छानबिन २० असारसम्म गरिसक्ने र २४ असारमा क्रियाशील सार्वजनिक गर्ने निर्णय गरेको छ। यस्तै वडा तहको अधिवेशन साउन ६ गतेबाट सुरु गरिने भएको छ।
केन्द्रीय महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म गर्ने साझा प्रस्ताव तय गरिएको र यसलाई अनुमोदनका लागि केन्द्रीय समितिमा पेस गर्ने सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए।