काँग्रेस सिन्धुली- काठमाडौं सम्पर्क समिति र गाेलन्जाेर- काठमाडौं सम्पर्क समिति द्धारा स्वास्थ्य सामाग्री वितरण

२ असार २०७८, बुधबार

 

पोखरा । नेपाली काँग्रेस सिन्धुली -काठमाडौं सम्पर्क समिति र गाेलन्जाेर- काठमाडौं सम्पर्क समितिले संयुक्त रुपमा सिन्धुलीको गोलन्जोर गाउँपालिकामा स्वास्थ सामाग्री वितरण गरेका छन् ।नेपाली काँग्रेस सिन्धुली -काठमाडौं सम्पर्क समितिका सचिब अन्जनी कोइरालाको नेतृत्वमा स्वास्थ सामाग्री बितरण गरिएको हो ।

कोहि पनि नागरिक स्वास्थ्य सेवाबाट वन्चित नहुन भन्ने उदेश्यले गाउँपालिकामा ४२ हजार वटा मास्क,२५ लिटर स्यानीटाईजर,२० वटा फेस शिल्ड,द २ वटा पिपिइ सेट र २ वटा अक्सिमिटर गोलन्जोर गाउँपालिकाका अध्यक्ष पुष्पबहादुर कार्कीलाई हस्तान्तरण गरिएको नेपाली काँग्रेस सिन्धुली- काठमाडौं सम्पर्क समितिका सचिब अन्जनी कोइरालाले पोखरा पोष्टलाई जानकारी दिए ।

कार्यक्रममा गोलन्जोर स्वास्थ्य कार्यलयका विरेन्द्र शाह,शान्ता भण्डारी ,नेपाल शिक्षक संघ सिन्धुलीका उपाध्यक्ष सुमन कोईराला, गोलन्जोर गाउँपालिका वडा नम्वर ३ का अध्यक्ष पुष्कर वराल, नेपाल शिक्षक संघ गोलन्जरका सचिव अनुप बराल लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply