खहरे खोलाले बगाउँदा कास्कीमा एक महिलाको मृत्यु  

0
370

 

 

पोखरा । अविरल वर्षापछि बढेको खहरे खोलाले बगाउँदा कास्कीको माछापुच्छ्रे गाउँपालिका १ मा एक महिलाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा वडा नं. १ टुसेकी ४० वर्षीया लिलादेवी परियार रहेकी छन् ।

मंगलबार राति करिब ८ः३० बजे उनलाई खोलाले बगाएको वडाध्यक्ष वीरेन्द्र गुरुङले जानकारी दिए । 

पहिरोका कारण कास्कीको माछापुच्छ्रे गाउँपालिका प्रवेश नाका सडक अवरुद्व भएको छ ।