काँग्रेसबाट निर्वाचित वडा अध्यक्षहरुले बुझाए पोखरा महानगरपालिकालाई पाँच बुँदे सुझाब

0
515

पोखरा ।नेपाली काँग्रेस पोखरा महानगरपालिकाका ११ वटा वडामा निर्वाचित वडा अध्यक्षहरुले पोखरा महानगरपालिकालाई ५ बुँदे सुझाव दिएका छन्।
पोखरा महानगरपालिकाले वजेट अधिवेशन मार्फत आर्थिक वर्ष २०७८÷०७९ को वजेट विनियोजनको तयारीमा जुटेको सन्र्दभमा काँग्रेसबाट निर्वाचित वडा नम्वर २,३,४,६,९,१०,११,१२,२३,२७ र ३२ का वडा अध्यक्षहरुले सुझाव दिएका छन् ।
दलका नेता तथा सचेतक रामराज लामिछानेले वडा अध्यक्षहरुको तर्फबाट सोमबार एक विज्ञप्ति प्रकाशित गरी कोरोनाबाट प्रतक्ष्य प्रभावित पर्यटन,उद्योग,व्यापार,यातायात क्षेत्रलाई ५० प्रतिशत कर छुट दिन ,स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर खोपको ब्यबस्था मिलाउन,निष्पक्ष रुपमा वजेट विनियोजन गर्न सुझाव दिएका छन् ।

लामो समयदेखि स्थानीय तहमा कार्यरत स्थायी ,अस्थायी ,करार,ज्यालादारी कर्मचारीहरुको मनोवल उच्च हुने गरी बृत्ति विकासका कार्यक्रम ल्याउन र निजामती सरह नै सेवा सुविधा प्रदान गरी एक तह वढुवा गर्न सुझाव दिएका छन् ।
त्यस्तै स्वास्थ महाशाखाका कर्मचारीले कोरोनाको खोप दुरुपयोग गरेको भन्ने सुनिएकाले सत्य तथ्य छानविन गरी दोषीलाई कारवाहि गर्न समेत सुझाव दिएका छन्।