चुँदी रम्घालाई भाषा अनुसन्धानको केन्द्र बनाइने

२९ असार २०७८, मंगलवार

पाेखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नेपाली भाषामाथि विदेशी भाषाको अतिक्रमण बढिरहको बेला आदिकवि भानुभक्त आचार्यको योगदान स्मरण गरेर नेपाली भाषालाई अझ मजबुद् बनाउनु पर्ने बेला आएको बताएका छन् ।

भानुभक्तको २ सय आठौं जन्मजयन्तीका अवसरमा मंगलबार शुभकामना वक्तव्य जारी गर्दै मुख्यमन्त्री पोखरेलले भनेका छन्, ‘भाषा निरन्तर रुपमा परिमार्जन र परिष्कृत हुँदै जाने विषय हो । भानुभक्तले लगाएको बलियो जगमा टेकेर नेपाली भाषाको श्रीवृद्धिमा लाग्न यस पावन अवसरमा म सम्पूर्ण विद्धानहरुलाई अनुरोध गर्दछु ।’ भानुले थालेका थालेको भाषिक विकासको आन्दोलनलाई थप उचाइमा पु¥याउन उनले आग्रह गरेका छन् ।

नेपाल र नेपालीको प्रेरणाका स्रोत नेपाली भाषाको श्रीवृद्धिका माध्यमबाट नेपालको राष्ट्रिय एकतामा अतुलनीय योगदान गर्ने युगपुरुष आदिकवि भानुभक्त आचार्यको जन्म जयन्तीका अवसरमा मुख्यमन्त्रीले बधाई तथा शुभ–कामना दिएका छन् ।

उनले युगपुरुष भानुभक्त जन्मेको स्थल पुण्य भूमि हो भन्दै उनले भनेका छन्, ‘साहित्यकारहरुका लागि यो तीर्थस्थल हो । भानुभक्तको जन्मस्थललाई नेपाली भाषा, साहित्य र संस्कृति विकासको केन्द्रको रुपमा स्थापित गर्नु आवश्यक छ ।’ पुण्य भूमिको समृद्धिको लागि र चुँदी रम्घालाई नेपाली भाषाको विकासको अध्ययन अनुसन्धान गर्ने केन्द्रको रुपमा विकास गर्न उनले प्रदेश सरकार सरोकारवाला सबैसँग मिलेर काम गर्न प्रतिवद्ध रहेको जनाएका छन् ।

पृथ्वीनारायण शाहले भौगोलिक रुपमा एकीकरण गरेको नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत एकीकरण गरेको गौरवपूर्ण सन्दर्भलाई उनले स्मरण गरेका छन् । रामायण जस्तो चर्चित र लोकप्रिय ग्रन्थलाई नेपालीमा अनुवाद गरी जनजनमा पु¥याएर नेपाली भाषाको श्रीवृद्धि मात्र होइन राष्ट्रिय एकता प्रवद्र्धनमा भानुले गरेको योगदान नेपाल र नेपालीको मानसपटलमा युग युगसम्म रहने शुभकामना सन्देशमा उल्लेख छ ।

विसं १९७१ मा असार २९ मा तनहुँको चुँदी रम्घा गाउँमा कुलिन परिवारमा भानुको जन्म भएको हो । भानुभक्त सम्पूर्ण नेपाली जातिका लागि प्रेरणा र गौरवको स्रोत भन्दै मुख्यमन्त्री पोखरेलले संसारभर छरिएर रहेका नेपालीहरुका लागि उनी सदासर्वदा प्रातःस्मरणीय रहेको जनाएका छन् । घाँसीको प्रेरणाबाट महत्वपूर्ण कृति जन्माएको घटनाले त झन् भानुको सरलता र महानता झल्कने उनको भनाइ छ । भानुले रामायणलाई नेपाली भाषामा रचना गर्नुका अतिरिक्त प्रश्नोत्तर, भक्तमाला लगायतका प्रसिद्ध कृतिहरु हामीलाई उपहारका रुपमा दिएका छन् ।

रामायणको छन्द र भावलाई कत्ति पनि तलमाथि नपारी नेपाली जनजिब्रोमा झुण्डिने सरल भाषामा अनुवाद गरेकै कारण भानुभक्त नेपाली भाषीमा प्रिय बनेका हुन् । विभिन्न कृतिको रचना गरेता पनि सबै भन्दा रुचाइएको कृति भएकाले उनको पहिचान रामायणसँगै जोडिएको छ । भानुभक्तलाई कवि भानुभक्तका रुपमा चिनाउने श्रेय भने मोतिराम भट्टलाई जान्छ । भानुभक्तका पाण्डुलिपीलाई संग्रह गरी पुस्तक प्रकाशन गर्ने उनै मोतिराम भट्टले भानुभक्तलाई नेपाली भाषाको आदिकविको उपाधि दिएर चिनाएका हुन्

 

Leave a Reply