पाेखरा। नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्रीको रुपमा पद तथा गोपनीयताको शपथ लिएका छन् ।उनले मंगलबार पाँचौ पटक प्रधानमन्त्रीको सपथग्रहण गरे। राष्ट्रपति विधादेवी भण्डारीले सपथ ग्रहण गराएकी हुन् ।
साथै उनले ५ सदस्यीय मन्त्रिपरिषद् गठनसमेत गरेका छन् । देउवा नेतृत्वको मन्त्रिमण्डलमा बालकृष्ण खाँड गृहमन्त्री बनेका छन् । यस्तै, नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा अर्थमन्त्री , ज्ञानेन्द्रबहादुर कार्की कानुन मन्त्री तथा माओवादी नेतृ पम्फा भुसाल ऊर्जा मन्त्री बनेकी छन् ।
सोमबार सर्वोच्चको फैसलाबमोजिम साथै नेपालको संविधानको धारा ७६ (५) अनुसार कांग्रेस संसदीय दलका नेता देउवालाई राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।