प्रधानमन्त्री शेरबहादुर देउवाले लिए सपथ

२९ असार २०७८, मंगलवार

पाेखरा। नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले  प्रधानमन्त्रीको रुपमा पद तथा गोपनीयताको शपथ लिएका छन्  ।उनले मंगलबार पाँचौ पटक प्रधानमन्त्रीको सपथग्रहण गरे। राष्ट्रपति विधादेवी भण्डारीले सपथ ग्रहण गराएकी हुन् ।

साथै उनले ५ सदस्यीय मन्त्रिपरिषद् गठनसमेत गरेका छन् । देउवा नेतृत्वको मन्त्रिमण्डलमा बालकृष्ण खाँड गृहमन्त्री बनेका छन् । यस्तै, नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा अर्थमन्त्री , ज्ञानेन्द्रबहादुर कार्की कानुन मन्त्री तथा माओवादी नेतृ पम्फा भुसाल ऊर्जा मन्त्री बनेकी छन् ।

सोमबार सर्वोच्चको फैसलाबमोजिम साथै नेपालको संविधानको धारा ७६ (५) अनुसार कांग्रेस संसदीय दलका नेता देउवालाई राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।

Leave a Reply