हेमजा साहित्य प्रतिष्ठानद्वारा २०८ आै भानुजयन्ती तथा २१४ आै शुभप्रभात काव्यमाला सम्पन्न

३० असार २०७८, बुधबार
पाेखरा । २०८ आै भानुजयन्तीकाे पावन सन्दर्भमा हेमजा साहित्य प्रतिष्ठान नेपालले २१४ आै शुभप्रभात काव्यमाला भर्चुअल रुपमा सम्पन्न गरेकाे छ।
कार्यक्रममा प्रमुख अतिथिको आसन बाट बाेल्दै गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्चीले राष्ट्र दुखेको बेला राष्ट्र आवाज बाेल्ने कविताकाे महत्त्वपूर्ण भूमिका हुने बताए।बिखर्चीले देश,देशकाे वैभव र जीवन जगत प्रति लक्षित सिर्जनाका लागि सबैमा आह्वान समेत गरे।
यसैगरी विशेष अतिथि भानु सन्तति सर्वराज आचार्यले आदिकवि भानुभक्तकाे जीवनीका बारेमा परिचर्चा गरे।उनले भानुभक्तका बारेमा कतिपय विषय अझै थाहा पाउनुपर्ने भएकोले आफू निरन्तर त्यसकाे खाेजमा रहेकाे बताए ।
कार्यक्रममा अर्का विशेष अतिथिका रुपमा बाेल्दै पाेखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकालले अमेरिकाकाे बसाइँमा रहदाँ पनि आफूले नेपाली कला,साहित्य र संगीतकाे प्रचारप्रसार गरिरहेकाे बताए।कार्यक्रममाआर्या त्रिपाठी ,बलराम पाैडेल, आरती अधिकारी,प्रशान्त स्वार,भानु अविरल,लक्ष्मी थापा,आवाज शर्मा, शिव त्रिपाठी ,यज्ञराज पाैडेल,छन्दिका त्रिपाठी ,कृष्णप्रसाद पाैडेल,सुनिल गायक लगायतले रचना वाचन गरेका थिए।
वाचित रचनाले उपस्थित सम्पूर्णमा कविता प्रतिकाे आकर्षण थप्दै कविताहरु शक्तिशाली र सुन्दर भएको प्रमाण दिएका थिए।
संस्थाका अध्यक्ष छन्दमणिकाे अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सह सचिव शिव त्रिपाठीले स्वागत मन्तव्य तथा सञ्चालन सचिव सुनिल गायकले गरेका थिए।

Leave a Reply