मलेसियाबाट २४ नेपालीको शव नेपाल ल्याइयो

९ श्रावण २०७८, शनिबार

 

 

पाेखरा। राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को जहाजले मलेसियाबाट २४ नेपालीको शव नेपाल ल्याएको छ।

निगमको वाइडबडी ए३३० जहाजले मलेसियाको राजधानी क्वालालम्पुरबाट एकैपटक २४ शव र तीन अस्तु नेपाल ल्याएको हो।

वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा विभिन्न समयमा मृत्यु भएका नेपालीको शव बिहान वाइडबडी जहाजमार्फत् नेपाल ल्याइएको निगमको उडान सञ्चालन विभागले जानकारी दिएको छ।

वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको समन्वयमा नेपाल ल्याइएका ती शव आजै आफन्तलाई जिम्मा लगाइएको छ।रासस
 

Leave a Reply