चन्द्रावती वाग्लेको स्वर, शव्द तथा लय रहेको तीज गीत ” अाउ संगी रमाइलो गराैं वरिलै ” सार्वजनिक
पाेखरा।साहित्यकार ,गीतकार एवं गायिका चन्द्रावती वाग्लेको तीज गीत “अाउ संगी रमाइलो गराैं वरिलै ” २०७८ सार्वजनिक भएको छ।साेमबार महिला मिलन समुहले पाेखरामा अायाेजना गरेको कार्यक्रममा प्रमुख अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सरिता तिम्सिना पगेनीले गीतलाई सार्वजनिक गरेकी हुन्।
कार्यक्रममा बाेल्दै पगेनीले विषम अबस्थामा श्रष्टाले सिर्जनाकाे काम गर्नु,माैलिक परम्पराकाे पक्षमा उभिनु असल कार्य भएको वताईन।
पछिल्लो समय तीजकाे वाहानामा रत्याैलीशैलीका गीत हावी भएको भन्दै उनले अाफ्नाे कला ,साहित्य र संस्कृतिको जगेर्ना गर्न श्राेता तथा दर्शक समेत सचेत हुनुपर्नेमा जाेड दिईन।
अहिले पनि महिलामाथि याे वा त्याे नाममा हिंसा भइर्रहेका छन्, उनले भनिन्, यसका लागि सबै एक भएर लड्नु पर्छ । उनले संचार क्षेत्रबाट गीत, संगीत र कलाकाे प्रवधर्नकाे पक्षमा कलम चलाईरहने वाचा गरिन ।
गीतको रेकर्डिङ तथा भिडियो नमस्ते पोखरा ब्रोडकास्टिङ स्टूडियोले निर्माण गरेको हो । गीतमा स्वर, शव्द तथा लय गायीका वाग्लेको रहेको छ भने एरेन्ज साहिल गायकले गरेका छन् । गीतमा कथावस्तुमा आधारित अभिनय पत्रकार आरजू विष्ट सल्यानी, भावना पन्तको रहेको छ भने सामूहिक रुपमा दिदिबहिनीहरुले नृत्य प्रस्तुत गरेका छन् ।
भिडियो छायाँकन तथा सम्पादन शिवराजा भुर्तेलले गरेका हुन । सह-छायाँकन शुरेस भुर्तेलले गरेका छन् भने श्रृंगार सुनिता अधिकारीको रहेको छ । छवि सुवेदीको निर्देशनमा बनेको भिडियो, रेकर्डिङ, मार्केटिङ र युट्यूव प्रवर्धन नमस्ते पोखरा ब्रोडकास्टिङले गरेको निर्देशक सुवेदीले बताएका छन् । उनले केही दिनमै भिडियाे युट्यूवमा आउने जानकारी दिए ।
सार्वजनिक गरिएको गीतको समिक्षा गर्दै कवि तथा समिक्षक लक्ष्मी थापाले पश्चिमा संस्कृतीको दवदवा रहेको वर्तमान समयमा आफ्नाे मौलिक भाकाहरुको उत्पादन, प्रवर्धन र प्रचार गर्नुको विकल्प हामीसंंग नभएको बताईन ।
काव्यिक समिक्षा गर्दै उनले भनिन्, अब युवा पुष्ता पश्चिमा संस्कृतीको संक्रमणबाट उम्केर आफ्नो कला, साहित्य र संस्कृतिको जगेर्नामा लाग्नुपर्ने बताईन । मानवता हराउँदै गएको समयमा शहरिया जीवनशैलीले मान्छेलाई मेशिन जस्तो बनाई दिएको छ । उनले भनिन्, यस्तो अवस्थामा पनि गायीका वाग्लेले संस्कार, संस्कृति, महिला आवाज, स्वतन्त्रता र जीवनको पक्षमा आवाज उठाउनु गर्वको कुरा हाे ।
महाकाव्यकार वसन्त चालिसेले गायिका वाग्लेको परिचय गराउँदै श्रष्टामा लेखन, गायन र बच्चैदेखि लुकेको प्रतिभा अभिनय कला पनि रहेको बताए । महिला धेरै जिम्मेवारीमा रहेका छन् । उनले भने, पोखरा महानगरपालिका वडा नं ३ को सचिव वाग्ले जागिरमा रहँदा वा लेखनको क्षेत्रमा अन्याय गरेको नसहने, नीति नियममा चल्ने र सधैं स्वतन्त्रताकाे पक्षमा स्पष्ट बोल्ने वक्ताको रुपमा रहेकाे चर्चा गरे ।
वाल्यावस्थादेखि नै साहित्य, गीत संगीतमा रुची राख्दै आएकि लगनशील, कर्मठ श्रष्टा वाग्लेको यो आठौं कृति हो । राजनीति शास्त्रमा एमए गरेकि वाग्ले पीएचडीको सुरसारमा रहेकि छन् । उनका छोरा आशिष इन्जिनियर हुन जो नेपाल सरकारको सेवामा रहेका छन् भने छोरी अनुपा स्वास्थ्य क्षेमा छिट्टै डाक्टर भएर आउन लागेकि छन् । वाग्लेले आधा दर्जन बढी देशको भ्रमण र त्यहाँ आयोजना गरिएका सेमिनारमा भाग लिने, कार्यपत्र प्रस्तुत गर्ने गरेको पाईएको छ भने देशका ७० वटा जिल्लाको भ्रमण गरिसकेकि छन् ।
कार्यक्रममा स्वतन्त्र ज्ञानमार्ग आमा समूहका अध्यक्ष शान्ति द्वा, महिला मिलन समूहका संस्थापक अध्यक्ष लक्ष्मी पराजुली, पूर्व अध्यक्ष गीता कुँवर, साहित्यकार भीम रानाभाट, तनहुँ पोखरा सम्पर्क समाजका अध्यक्ष अम्बिका भट्टराई, मोतीमान शाक्य, दिलिप गिरी, नारायण उदासलगायतले बोलेका थिए । महिला मिलन आमा समूहका अध्यक्ष लक्ष्मी अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन समूहका सचिव विन्दु पाण्डेले गरेकि थिइन ।
Leave a Reply
You must be logged in to post a comment.