बैंकिङ कसुर मुद्धामा फरार रहेका पोखरा-६ का ४२ बर्षीय खेमराज पौडेल पक्राउ

0
298

 

                                     

 

 

 

                                     

पोखरा । बैंकिङ कसुर मुद्धामा फरार रहेका पोखरा-६ का ४२ बर्षीय खेमराज पौडेल पक्राउ परेका छन् ।

पौडेललाई साउन १६ गते उनको पोखरा  -६ स्थित निजको  घरबाटै पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए ।

गत वैशाख १५ गते उच्च अदालत हेटौैंडाले पौडेललाई सात दिन कैद सजाय र १७ लाख ८४ हजार  २ सय  ५० रुपैयाँ जरीवाना तोकेको थियो ।

उनी त्यसबेलादेखि हालसम्म फरार थिए ।

 

उनलाई कास्की जिल्ला अदालतमा पेश गरिएको डिएसपी हमालले जानकारी दिए  ।