वहिनी एडुकेयर फ़ाउन्डेशनको सहयोगमा स्वास्थ्य सामाग्री वितरण

१९ श्रावण २०७८, मंगलवार

 

 

पोखरा । वहिनी एडुकेयर फ़ाउन्डेशनको सहयोग र एम्नेस्टी ईन्टरनेशनल नेपाल अन्नपुर्ण समूह-५४ पोखराको व्यवस्थापनमा कास्कीका ४ वटा स्वास्थ्य संस्था र एउटा विधालयमा स्वास्थ्य सामाग्री वितरण गरिएको छ ।

पोखरा १३ र २३ वडा स्वास्थ्य कार्यालय, अन्नपुर्ण गांउपालिका, भेडावारी स्वास्थ्य कार्यालय र शारदा मा.वि टुसे माछापुच्छ्रेमा करिव २ लाख ५० हज़ार वरावरको स्वास्थ्य सामाग्री वितरण गरिएको हो । एमनेष्टी ईन्टरनेशनल नेपाल अन्नपुर्ण समूह-५४ का संयोजक भानु पराजुली, वहिनी एडुकेयर फ़ाउन्डेशनका निर्देशक सुरेन्द्र परियार, समाजसेवी छविरमण पौडेल, एम्नेस्टीका उपसंयोजक मन्जु गौतम, कोषाध्यक्ष विष्णु हरि पन्थीले स्वास्थ्य सामाग्री हस्तांतरण गर्नुभएको थियो । स्वास्थ्य कार्यालयमा अत्यावश्यक मानिएको माक्स, स्यानिटाईजर, पन्जा र थर्मल गन प्रदान गरिएको वहिनी एडुकेयर फ़ाउन्डेशनका निर्देशक सुरेन्द्र परियारले जानकारी दिनुभयो ।

पोखरा-१३ मा दिएको स्वास्थ्य सामाग्री अमेरिका निवासी पोखराका कमल कडायतले वुवा कृष्ण वहादुर कडायतको स्मृतिमा प्रदान गर्नुभएको थियो । वहिनी एडुकेयर फ़ाउन्डेशन लामो समयदेखि पोखरामा महिला, वालवालिका र स्वास्थ्यको क्षेत्रमा काम गर्दै आएको छ । स्वास्थ्य सामाग्रीका लागि डा. जयन्ती ज्वारचन, सौरव हिराचन र रिचा गुरूगंले पनि सहयोग गर्नुभएको थियो ।

Leave a Reply