जन्मदिन मनाउन मानव सेवा आश्रममा

२८ भाद्र २०७८, सोमबार

 

पोखरा ।लायन्स क्लव अफ पोखरा फेवा वेगनास चौतारीले पोखरा १७ छोरेपाटनमा रहेको मानव सेवा आश्रममा आश्रीतहरुलाई खाना खुवाएको छ । क्लवका अध्यक्ष महेश्वर रिमालले आफ्ना छोरा गणेश रिमाल र छोरी मञ्जु बरालको जन्मदिनको अवसर पारेर आइतबार आश्रममा आश्रीत रहेका ७० जनालाई खाना खुवाउनुभएको हो । जन्मदिनको अवसरमा अनावश्यक फजुल खर्च गर्नु हुन्न सकेको सहयोग गर्नुपर्छ भन्ने सन्देश प्रदान गर्नको लागि यो कार्यक्रम गरिएको अध्यक्ष रिमालले बताउनुभयो ।

क्लव अध्यक्ष रिमालको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै लायन्स क्लव अफ ३२५ बि १ नेपालका क्लष्टर चिफ सन्तोष घिमिरे र पुष्पाकुमारी आचार्य, डिपुटी चिफ मोडल भिलेज जीत बहादुर थापा गोपाल, रिजन चियर पर्सन पवित्रा न्यौपाने, जोन चियर पर्सन सावित्रा पौडेल र डा. भवानी शंकर पौडेल, लायन्स क्लव अफ पोखरा सिर्जना चौतारीका अध्यक्ष कृष्ण बहादुर कार्की, लायन्स क्ल्व अफ पोखरा विरौटा साझा चौतारीका अध्यक्ष गिता पराजुली, लायन्स क्लव अफ कोहिनुर भिलेजका अध्यक्ष कमला केसी लगायतले जन्मदिनको अवसरमा मानव सेवाआश्रममा सहयोग गरेकोमा सराहना गर्नुभयो । यो सन्देशमुलक कार्यक्रम भएकोले अन्य व्यक्तिलाई समेत सहयोग गर्नुपर्छ भन्ने भावना जागृत गराउन सघाउने उहाँहरुको भनाई थियो ।

मानव सेवा आश्रममा आश्रीतहरुसँग जन्मदिन मनाउदै उनीहरुलाई खाना खुवाउन पाएकोमा गणेश रिमाल र मञ्जु बरालले खुशी व्यक्त गरे । जन्मदिनको अवसरमा अनावश्यक खर्च गर्नु भन्दा यसरी सहयोग गर्न सके मन आनन्दीत हुने दुवैजनाकोे भनाई थियो ।

Leave a Reply