पोखरामा ‘कर्कले मामाको चौतारी’ को छायांकन शुरु
पोखरा । श्याम शुक्ला फिल्म प्रोडक्सनको निर्माणमा बन्न लागेको सिरीयल ‘कर्कले मामाको चौतारी’ को छायांकन शुरु भएको छ।
बासुदेव पोखरेलको लेखन तथा निर्देशनमा बन्ने लागेको सिरीयललाई अर्का फिल्म निर्देशक घनश्याम लामिछाने र मणिरत्न शर्माले मिलेर निर्माण गर्न लागेका हुन। सिरीयलको शुभ मुहर्त लेखक तथा निर्देशक बासुदेव पोखरेलले सोमबार कास्कीको घार्मीमा नरिवल फुटाएर गरेका छन।
‘कर्कले मामाको चौतारी’ मा लेखक तथा निर्देशक बासुदेव पोखरेल आफै, तुलाषा क्षेत्री, प्रज्ञा जोशी, शुशिल पोखरेल, प्रज्वल भित्रकोटी, राज थापा, अबिराज, ममता अधिकारी, शरु शर्मा, दिपेश लामिछाने, राजकुमार गुरुङ, श्यामसुन्दर कार्की, नवराज लामिछाने, कपिल शर्मा, प्रेम क्षेत्री, प्रताप सापकोटा, धनबहादुर कार्की, लक्ष्मी घिमिरे, इच्छा घिमिरे, शिव बहादुर बराल लगाएतका कलाकारहरुको अभिनय रहने छ। अन्जली पोखरेलको सह-निर्देशनमा तयार हुने सिरीयलमा सिद्धार्थ गौतम र गौसब गुरुङको छायांकन, अराज केशब र किशोर सुवेदीको संगीत रहेको छ। सिरीयलमा समावेश गीतमा संगीतकार किशोर सुवेदी र दिलिप श्रेष्ठले स्वर भरेका छन। सिरीयलको साउण्डको अमृत मगरले, मेकअपको जय गुरुङले र पब्लिशिटी डिजाईनको काम सबिन गायकले गरेका छन भने व्यवस्थापनमा दर्शन पोखरेल र भान्सामा धन बहादुर कार्की रहेका छन्।
शुभ मुहर्त कार्यक्रममा पहिलो पटक निर्माताको काम सम्हालेका फिल्म निदेशक घनश्याम लामिछानेले सम्पूर्ण कलाकार तथा प्राविधिकहरुको परिचय गराएका थिए। कार्यक्रममा चलचित्र निर्देशक नेत्र गुरुङ, कलाकार तथा निदेशक शम्भु थापा, चलचित्र पत्रकार संघ कास्की नेपालका अध्यक्ष अरुण गिरी लगाएतले निर्माण युनिटलाई ‘कर्कले मामाको चौतारी’को सफलताको शुभकामना दिएका थिए। कास्कीको घार्मी गाउँ र आसपासका क्षेत्रमा छायाँकन हुने सिरीयल डार्क कमेडी जनरामा निर्माण हुन लागेको निर्माण पक्षले जनाएको छ।
गाउँले परिवेशका कथा तथा फरक र रमाईला खालका पात्रहरुले दर्शकको मन जित्नेमा आफू ढुक्क रहेको निर्देशक बासुदेव पोखरेलले बताए। करिब २० वर्ष पुरानो तर नौलो कन्सेप्ट ‘कर्कले मामा’ माथी बल्ल काम गर्ने अवसर जुटेको निदेशक पोखरेलले बताए। ” कर्कले मामा एकदमै फरक खाले पात्र छ, जुन हामीले बिरलै देखेका छौं। सो पात्र संग जोडिएर कथाहरु बुनिएको छ। म एकदामी एक्साईटेड छु ” उनले भने।
लकडाउनपछि नयाँ काम गर्ने सोच अनुसार यो सिरीयलको निर्माण सुरु गरेको निर्माता घनश्याम लामिछानेले बताए। उनले भने ” फरक खाले कथा र अनौठा पात्रहरु भएका कारण कथाले तान्यो, बने पछि दर्शकलाई भरपुर मनोरंजन दिन्छ भन्ने पनि लाग्यो त्यसैले यो सिरीयल निर्माणमा हात हाले। ” करिब १७ लाखको लागतमा बन्ने पहिलो सिजनको सिरीयल नेशनल टेलिभिजन र श्याम शुक्ला फिल्मको यूट्यूबमा दशैं पछि रिलिज हुने उनले बताए।
Leave a Reply
You must be logged in to post a comment.