पोखरामा शनिबार बाट दोश्रो क्लव स्तरिय हक्की प्रतियोगिता २०७८ शुरु

१६ आश्विन २०७८, शनिबार

पोखरा ।   पोखरामा शनिबार बाट दोश्रो क्लव स्तरिय हक्की प्रतियोगिता २०७८ शुरु हुने भएको छ ।

पोखरा हक्की क्लवको आयोजनामा पोखरा रंगशालामा हुने उक्त प्रतियोगितामा ६ टिमको सहभागिता हुने भएको हो ।

प्रतियोगितामा आयोजक पोखरा हक्की क्लवको तिन टिम सहित घारीपाटन हक्की क्लव, भेटरान्स हक्की क्लव र भिन्तुना हक्की क्लवको सहभागिता रहने छ ।

आयोजकको टिममा भने दुई वटा महिला टिमको सहभागिता रहने छ । महिला टिम समेत पुरुष टिम संग भिडनेछन ।

लिग कम नक आउटका आधारमा खेलाइने उक्त प्रतियोगिता बाट नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडी छनोट समेत गरिने भएको आयोजकले जनाएको छ ।

प्रतियोगितामा विजेता टिम तथा खेलाडीलाई कप, मेडल र प्रमाणपत्र प्रदान गरिने कार्यक्रम सम्योजक राजन श्रेष्ठले बताउनुभएको छ ।

Leave a Reply