सिद्धार्थ गाैतम  सहकारीको  नवाैं वार्षिक साधारणसभा सम्पन्न

२१ आश्विन २०७८, बिहीबार

 

पाेखरा।सिद्धार्थ गाैतम बचत तथा ऋण सहकारी संस्था लिमिटेडकाे नवाैं वार्षिक साधारणसभा बुधबार पाेखरामा सम्पन्न भएको छ।

कार्यक्रमकाे उद्घाटन गर्दै गण्डकी प्रदेशका भुमि व्यवस्था ,कृषि सहकारी तथा गरिबी निवारण मन्त्री चन्द्र बहादुर वुढाले गरिबी निवारणका लागि सहकारी संस्थाहरुले महत्त्वपूर्ण भुमिका खेल्न सक्ने वताउनु भयाे।गण्डकी प्रदेशमा ३५ सय सहकारी रहेको उल्लेख गर्दै उहाँले सहकारीहरुलाई सहकारीका मुल्य मान्यता  र नीति नियम अनुसार चल्न अाग्रह गर्नु भयाे।देशको समृद्धि र विकासका लागि सहकारीकाे महत्त्वपूर्ण भुमिका रहेको उल्लेख गर्दै उहाँले सहकारीलाई उत्पादनसंग जाेड्नुपर्नेमा जाेड दिनुभयो ।

काेभिड -१९ काे संक्रमण जाेखिममा साधारणसभामा भिडभाड हुने भएकोले संस्थाले ४ दिनसम्म निर्णय पुस्तिका खुल्ला राखी साधारणसभा सम्पन्न गरेको हाे।

कार्यक्रममा संस्थाका अध्यक्ष खेम बहादुर गुरुङले संस्थाकाे वार्षिक प्रगति प्रस्तुत गर्नुभएको थियाे ।उहाँले काेभिडकाे माहामारीमा पनि संस्थागत उपलब्धिका लागि समर्पित भएर काम गरिएको वताउनु भयाे ।

 

कार्यक्रममा काेषाध्यक्षकाे प्रतिवेदन संस्थाका काेषाध्यक्ष यम बहादुर गुरुङले गर्नु भएको थियाे भने लेखा सुपरिवेक्षण समितिकाे प्रतिवेदन समितिका सदस्य केयरसिंह गुरुङले गर्नु भएको थियाे ।

 

यस्तै कार्यक्रममा दैनिक निक्षेप तर्फबाट विरेन्द्र वहादुर अधिकारी ,मञ्जु वास्ताेला र समसुल मिया धुनीयालाइ सम्मान गरिएको थियाे भने सर्वाेत्कृष्ट निक्षेपमा सुस्मा अाचार्य ,उत्कृष्ट निक्षेप प्रवाहमा अाेम बहादुर गुरुङ र सर्वाेत्कृष्ट निक्षेप प्रवाहमा मनाेज ढुगानालाई सम्मान गरिएको थियाे।

 

त्यसैगरी उत्कृष्ट कर्माचारी तर्फ संस्थाका प्रवन्धक विजयराज पगेनी,वरिष्ठ कर्जा सहायक सुष्मा सुनार र वरिष्ठ क्यासियर खुश्वु गुरुङलाई सम्मान गरिएकाे थियोे ।

 

संचालक समिति तर्फ संस्थाका काेषाध्यक्ष यम बहादुर गुरुङलाई उत्कृष्ट संचालककाे रुपमा सम्मान गरिएको थियाे।

 

साेहि अवसरमा संस्थाका सचिव सरिता तिम्सिना पगेनी नेपाल पत्रकार महासंघको २५अाैं महाधिबेशनबाट केन्द्रीय सदस्यमा अत्याधिक बहुमतका साथ विजयी भएको भन्दै दाेसल्ला र सम्मान पत्र द्वारा सम्मान गरिएको थियोे ।

 

संस्थाका अध्यक्ष खेम बहादुर गुरुङकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला सहकारी संघ कास्कीका उपाध्यक्ष छविलाल लामिछाने ,कास्की वचत तथा ऋण सहकारी संघका अध्यक्ष भेषराज वराल,माछापुच्छ्रे बचत तथा ऋण सहकारीका अध्यक्ष डा. वीर वहादुर कार्की ,कुडहर बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष शिव वहादुर वराल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियाे।

 

कार्यक्रममा स्वागत संस्थाका उपाध्यक्ष जगदीश गाैतमले गर्नु भएको थियाे भने कार्यक्रम संचालन संस्थाका सचिव सरिता तिम्सिना पगेनी र संचालक समितिका सदस्य प्रकाश सिंह भण्डारीले गर्नु भएको थियाे। संस्थाका संचालक समितिका सदस्य रामप्रसाद खतिवडाले शेयर सदस्यहरुवाट प्राप्त सुझाव प्रस्तुत गर्नुभएको थियाे।

कार्यक्रममा संस्थाका कर्मचारी पुष्पा गुरुङ ,शेयर सदस्य मथुमाया गुरुङले नृत्य प्रस्तुत गर्नु भएको थियाे भने संचालक समिति सदस्य सुनकुमारी गुरुङले सहकारीका सात सिद्धान्तका साथै कविता वाचन गर्नु भएको थियाे।

साविक धुर्वतारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडसंग मर्ज भएको सिद्धार्थ गाैतम बचत तथा ऋण सहकारीमा १२ सय पन्ध्र जना शेयर सदस्य रहनुभएको छ भने प्रधान कार्यलय अमरसिंह र सेवा केन्द्र महेन्द्रपुल र तालचाेकबाट सेवा प्रवाह भईरहेकाे संस्थाका प्रवन्धक विजयराज पगेनीले जानकारी दिनुभयो ।

 

 

 

 

 

 

Leave a Reply