Home ब्रेकिङ्ग न्युज पराेपकार महासंघ  पाेखरा- १० द्वारा शुभकामना अादान- प्रदान  एवं रक्तदान कार्यक्रम 

पराेपकार महासंघ  पाेखरा- १० द्वारा शुभकामना अादान- प्रदान  एवं रक्तदान कार्यक्रम 

0
पराेपकार महासंघ  पाेखरा- १० द्वारा शुभकामना अादान- प्रदान  एवं रक्तदान कार्यक्रम 

 

पाेखरा ।    सेवा नै धर्म हाे भन्ने मुल उद्देश्य लिएर स्थापना भएकाे राष्ट्रिय पराेपकार महासंघ नेपाल पराेपकार वडा एकाई समिति पाेखरा १० द्वारा नेपालीहरूकाे महान् चाड विजया दशमी तथा शुभ दिपावली काे अवसरमा शुभकामना अादान- प्रदान , रक्तदान एवं अाजिवन सदस्यताकाे प्रमाण पत्र वितरण कार्यक्रम विहिवार पाेखरामा सम्पन्न भएकाे छ ।

कार्यक्रमकाे उद्घाटन गर्दै भागवत भास्कर कमल नयन गाैतमले रक्तदान जीवन दान भएको उल्लेख गर्दै पराेपकार महासंघ वडा ईकाई समिति पाेखरा १० ले महान कार्य गरेको वताउनु भयाे।उहाले सेवा नै सबैभन्दा ठुलाे धर्म भएकोले मानव जीवन पराेपकारका लागि भएको वताउनु भयाे।

कार्यक्रममा राष्ट्रिय पराेपकार महासंघ जिल्ला अध्यक्ष डिल्लीराम लामिछाने,  जिल्ला सदस्य भेषराज पाैडेल,नगर अध्यक्ष रेनु थापा,नगर सचिव अम्बिका ढकाल, पराेपकार महासंघ वडा एकाई  पाेखरा -१३ का अध्यक्ष शिव प्रसाद बराल,  पाेखरा -२६ का वडा उपाध्यक्ष हरीमाया केसी,    लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियाे।

 

नेपाल रेडक्रस साेसाईटी क्षेत्रीय रक्त संचार केन्द्र पाेखरा रामघाटकाे  प्राविधिक सहयोगमा संचालन भएको रक्तदान कार्यक्रममा २८ युनिट रगत संकलन भएको पराेपकार महासंघका पाेखरा महानगर सचिव अम्विका ढकालले जानकारी दिनुभयो ।

संस्थाकाे अध्यक्ष माया कुँवरकाे अध्यक्षतामा भएकाे उक्त कार्यक्रममा स्वागत मन्तव्य सदस्य शुसिला खत्रीले गर्नुभएकाे थियाे भने कार्यक्रमकाे संचालन सचिव अम्विका वस्नेतले गर्नु भएको थियाे।