पाेखरा। क्रियाशील पत्रकार महिला (डब्लु डब्जु जे ) गण्डकी प्रदेश समितिद्वारा संचालित स्व .हरिश्चन्द्र वाग्ले क्रियाशील महिला पत्रकारिता पुरस्कार म्याग्दीका पत्रकार रेखाकाैशल रेग्मीलाई प्रदान गरिने भएको छ।
भाेलि विहिवार एक कार्यक्रम वीच गण्डकी प्रदेश सरकारका कानुन ,संचार तथा प्रदेशसभा मामिला मन्त्री विन्दु कुमार थापाले उनलाई पुरस्कार प्रदान गर्ने कार्यक्रम रहेको नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य एवम् क्रियाशील पत्रकार महिला (डब्लु डब्जु जे ) गण्डकी प्रदेश समितिका अध्यक्ष सरिता तिम्सिना पगेनीले जानकारी दिनुभयो ।
विगत दुई दशक देखि पत्रकारिता क्षेत्रमा क्रियाशील रेग्मी नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका संस्थापक उपाध्यक्ष हुनुहुन्छ भने क्रियाशील पत्रकार महिला (डब्लु डब्जु जे ) म्याग्दीका संस्थापक अध्यक्ष हुनुहुन्छ ।
पुरस्कार चयनका लागि प्रतिभा छनाैट समिति गठन गरिएको थियाे। अग्रज पत्रकार कृष्ण प्रसाद वास्ताेला संयाेजक रहेको प्रतिभा छनाैट समितिले रेग्मीलाई पुरस्कारका लागि सिफारिस गरेको हाे ।
शिक्षासेवी स्व.हरिश्चन्द्र वाग्लेको स्मृतिमा वाग्ले परिवारद्वारा स्थापना गरिएको पुरस्कारबाट गत वर्ष पाेखराका क्रियाशील पत्रकार दुर्गा अधिकारी सम्मानित भईसक्नु भएको छ।