पोखरा । प्रेस सेन्टर कास्कीको अध्यक्षमा कृष्ण दवाडी निर्वाचित भएका छन् । आज भएको अधिवेशनले दवाडीको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरेको हो ।
त्यसैगरि समितिको उपाध्यक्षमा दिनानाथ बराल र सोभा बराल (महिला), सचिवमा पुष्पराज दाहाल, सह–सचिवमा सुरेसराज अधिकारी, सविना राना थापामगर (जनजाती), कोषाध्यक्षमा सुशीला क्षेत्री चयन भएका छन् ।
त्यस्तै कार्यसमिति सदस्यमा बलराम तिमिल्सिना, रविनाथ दाहाल, शेरबहादुर खत्री, विवेक भण्डारी, लिलाचन्द्र अधिकारी सरोज, प्रकाशचन्द्र गिरी, खगेन्द्र अर्याल, प्रकाश अधिकारी र बाबुराम सुवेदी चयन भएका हुन् ।
प्रेस सेन्टर पोखरा महानगरको संयोजकमा शिवराज बस्ताकोटी, अन्नपूर्ण गाउँपालिकामा श्रीभद्र पौडेल, रुपा गाउँपालिका संयोजकमा सुरेशराज अधिकारी चयन भएका छन् ।
केन्द्रीय प्रतिनिधिमा कोमलनाथ बराल, कुसुमकेशव पराजुली, नारायण भट्टराई, पदम रेग्मी, विश्वप्रकाश लामिछाने, विश्व सुवेदी, सन्देश श्रेष्ठ, निर्मला न्यौपाने, कृष्णमायाँ पोखरेल, रोशनी गुरुङ र दीपक परियार चयन भएका छन् ।