पाेखरा।क्रियाशील पत्रकार महिला (डव्लुडव्लुजे)गण्डकीद्वारा सञ्चालित स्व. हरिश्चन्द्र वाग्ले क्रियाशील महिला पत्रकारिता पुरस्कार म्याग्दीका पत्रकार रेखाकाैशल रेग्मीलाई प्रदान गरिएको छ।
क्रियाशील पत्रकार महिला (डब्लु डब्जु जे ) गण्डकीले पाेखरामा अायाेजना गरेकाे कार्यक्रममा पत्रकार रेग्मीलाई ११ हजार १ सय ११ रुपैया , दाेसल्ला र सम्मान पत्रवाट सम्मान गरिएको हाे।
विहिवार एक कार्यक्रम वीच पुरस्कार प्रदान गर्दै गण्डकी प्रदेश सरकारका कानुन ,संचार तथा प्रदेशसभा मामिला मन्त्री विन्दु कुमार थापाले संचारमैत्री कानुन निर्माण तर्फ प्रदेश सरकार सचेत रहेको वताउनु भयाे।
विगत दुई दशक देखि पत्रकारिता क्षेत्रमा क्रियाशील रेग्मी नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका संस्थापक उपाध्यक्ष हुनुहुन्छ भने क्रियाशील पत्रकार महिला (डब्लु डब्जु जे ) म्याग्दीका संस्थापक अध्यक्ष हुनुहुन्छ ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य एवम् क्रियाशील पत्रकार महिला (डब्लु डब्जु जे ) गण्डकी प्रदेश समितिका अध्यक्ष सरिता तिम्सिना पगेनीकाे अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारी , प्रतिभा छनाैट समितिका संयाेजक अग्रज पत्रकार कृष्ण प्रसाद वास्ताेला, नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देल ,समाजसेवी वसन्त चालिसे ,स्व. हरिषचन्द्र वाग्लेकी पत्नी समाजसेवी चन्द्रावती वाग्ले , क्रियाशील पत्रकार महिला (डब्लु डब्जु जे ) का केन्द्रीय सदस्य दुर्गा अधिकारी , कास्कीका अध्यक्ष शीला गुरुङ लगायतले वाेल्नु भएको थियाे।
कार्यक्रममा स्वागत संस्थाका उपाध्यक्ष रविना अालेले गर्नु भएको थियाे भने कार्यक्रमकाे संचालन महासचिव अन्जु वरालले गर्नुभएको थियाे।
पुरस्कार चयनका लागि प्रतिभा छनाैट समिति गठन गरिएको थियाे। अग्रज पत्रकार कृष्ण प्रसाद वास्ताेला संयाेजक रहेको प्रतिभा छनाैट समितिले रेग्मीलाई पुरस्कारका लागि सिफारिस गरेकोथियाे ।
शिक्षासेवी स्व.हरिश्चन्द्र वाग्लेको स्मृतिमा वाग्ले परिवारद्वारा स्थापना गरिएको पुरस्कारबाट गत वर्ष पाेखराका क्रियाशील पत्रकार दुर्गा अधिकारी सम्मानित भईसक्नु भएको छ।