महाधिवेशनको तयारीमा जुट्यो प्रेस चौतारी, विभिन्न १७ उपसमिति गठन

१८ पुष २०७८, आईतवार

पोखरा । प्रेस चौतारी नेपाल आगामी माघ २२ र २३ गते पोखरामा हुने नवौं राष्ट्रिय महाधिवेशनको तयारीमा जुटेको छ । गत साता लुम्बिनी बैठकले नवौं महाधिवेशन पोखरामा गर्ने निर्णय गरेको थियो ।
पोखरामा शनिबार महाधिवेन मूल व्यवस्थापन कमिटिको बैठक बसेर तयारी थालेको हो । मूल संयोजक गणेश पाण्डेको अध्यक्षतामा बसेको बैठकले विभिन्न १७ उपसमिति पनि गठन गरेको छ ।
कास्की शाखाका संस्थापक अध्यक्ष पूण्य पौडेलको संयोजकत्वमा आर्थिक सहयोग संकलन उपसमिति, शाखाका निवर्तमान अध्यक्ष एवं केन्द्रीय सदस्य माधव बरालको संयोजकत्वमा भोजन व्यवस्थापन उपसमिति, केन्द्रीय सदस्य दीपेन्द्र श्रेष्ठको संयोजकत्वमा आवास व्यवस्थापन उपसमिति गठन गरिएको छ ।
यस्तै, प्रचारप्रसार उपसमितिको नेतृत्व चौतारी कास्कीका सचिव रञ्जन अधिकारीलाई दिइएको छ । मञ्च व्यवस्थापन उपसमितितर्फ केन्द्रीय सदस्य रामजीप्रसाद लम्साल, अतिथि सत्कार उपसमितिमा केन्द्रीय सदस्य सुष्मा पौडेल, जनसंगठन समन्वय उपसमिति संयोजकमा श्याम कुँवरलाई चयन गरिएको छ ।
यसैगरी, सांस्कृतिक उपसमितिको जिम्मेवारी केन्द्रीय सदस्य रुद्र श्रीष मगरलाई, स्वास्थ्य उपसमितिको नेतृत्व केन्द्रीय सदस्य जमुना वर्षा शर्मालाई, यातायात व्यवस्थापन उपसमितिको संयोजक केन्द्रीय सदस्य कञ्चन थापालाई बनाइएको छ ।
दृश्यावलोकन व्यवस्थापन उपसमितिको संयोजकमा केन्द्रीय सदस्य हरि बाँस्तोला, प्रभातफेरि व्यवस्थापन उपसमितिमा केन्द्रीय सदस्य खेम सारु मगर, स्वागतद्वार निर्माण उपसमिति संयोजकमा केन्द्रीय सदस्य आरजु बिष्ट सल्यानी, बुलेटिन प्रकाशन उपसमिति संयोजकमा संयोजक केन्द्रीय सदस्य स्मीता अधिकारीलाई जिम्मा दिइएको छ ।
आकस्मिक समन्वय उपसमितिको संयोजकमा कास्की शाखाका सहसचिव ईश्वर देवकोटा र अनुगमन उपसमितिको संयोजकमा अग्रज पत्रकार बद्री बिनोद प्रतीकलाई चयन गरिएको छ ।

स्वयंसेवक परिचालन उपसमिति संयोजकमा केन्द्रीय सदस्य एमबी आस्था मगरलाई चयन गरिएको छ ।

यस्तै, कास्की शाखाका सल्लाहकार एवं केन्द्रीय लेखा आयोगका सचिव केशव पाठकको नेतृत्वमा सचिवालय गठन गरिएको छ । सचिवालयमा अध्यक्ष अर्जुन गिरी, सचिव रञ्जन अधिकारी सदस्य छन् । उपसमितिका संयोजकले एक हप्ताभित्रमा समितिलाई पूर्णता दिई कार्ययोजना प्रस्तुत गर्नेछन् ।

 

Leave a Reply